साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्मृतिमा भैरव अर्याल

भैरव किन मरे ? किन आफूलाई मारे ? पुरु रिसाल सम्झाउँछन् भैरवका हरफहरू ‘मागी पाइने भिखभन्दा आफ्नै भोक मीठो । रोइरोइ बाँच्नुभन्दा हाँसी मर्नु निको ।’ हरे भैरवलाई मृत्युको भोक चाँडै लाग्यो ।

Nepal Telecom ad

“पन्छायेर शनैः शनै मुलुकको वैषम्यको त्यो घटा
छर्दै नूतन चेतना चहकिलो आयो शरदको छटा !
आँखा खोल, उठी जुरुक्क अब ल्यौ त्यै मार्गको साधन
जसले बन्छ सुकीर्तिपूणर् रसिलो तिम्रो नयाँ जीवन ।।”
(भैरव अर्यालको पहिलो प्रकाशित कविता ‘नयाँ जीवन’को पहिलो पङ्क्ति ।)

हास्यव्यङ्ग्यकारको रूपमा प्रसिद्धि पाउनुभएका विशिष्ट साहित्यकार भैरव अर्यालको जन्म कुपन्डोल ललितपुरमा वि.सं १९९३ असोज ५ गते भएको थियोे । पछि उहाँको बसाइँ जोरपाटी, काठमाडौँमा भयो । उहाँका माता/ पिता खेमकुमारी अर्याल र होमनाथ अर्याल हुनुहुन्थ्यो ।

नयाँ जीवन (कविता), प्रतिभा पत्रिका (२००९) मा प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएका उहाँका काउकुती (२०१९) जयभुँडी (२०२२), गलबन्दी (२०२६), इतिश्री (२०२८), दसऔतार (२०३३), भैरव अर्यालका हास्यव्यङ्ग्यहरू (२०५९), टेढो ऐना (२०६३) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरूले हास्यव्यङ्ग्यकारको रूपमा प्रख्याती दिलाए पनि उहाँले अन्य विधाका थुप्रै उत्कृष्ट कृतिहरूको सृजना, समालोचना र सम्पादन गर्नुभएको छ । जस्तैः के के भयो ? (२०१६), उपवन (२०१८), राष्ट्रिय आह्वान (२०१८), विरही राम (२०२०), साझा कथा (२०२५), छ्याकन (२०२५), साझा निबन्ध (२०२६), प्रवेशिका निबन्ध (२०२७), नेपाली काव्यमा प्रकृति (२०३०), कारिन्दाको दिनचर्या (२०६८), भैरव अर्यालका समालोचना (२०६९) आदि । त्यस्तैः रत्नश्री, रचना, हालखबर, गोरखापत्र, मधुपर्क आदि पत्रिकाहरूको सम्पादनमा समेत संलग्न हुनुहुन्थ्यो ।

अब उहाँको निधनपछि भएका शोकसभा, चलेका चर्चा आदिका टिपोट मेरो स्मृतिमा अझै ताजै रहेकाले त्यहीँ पुनः प्रस्तुत गर्दै छु ।

२०३३ असोज १९ गते मङ्गलबार नेपाली साहित्यका सुप्रसिद्ध हास्यव्यङ्ग्यकार अनि कवि, गीतकार, समालोचक र गोरखापत्र मधुपर्कका लेख रचना सम्पादक भैरव अर्यालको दुःखद निधन भयो । कठै । सास उडेको लास पाइयो ।

सास भएका भैरवले हँसाउँथे । अब यो लासले रुवायो । चालीस वर्षीय भैरवको निधन के थियो, विष्णु शर्मा अलवर भैया र भारवीको पनि एकैसाथ मृत्यु भयो । ‘रचना’ मा पहिलो पल्ट चिन्तनको चौतारी चिन्ने विष्णु शर्माको मृत्यु भयो । गोरखापत्रमा समसामयिक लेख लेख्ने भारवीको मृत्यु भयो … । यसरी भैरवको निधन सँगसँगै मानो उनका अनेक नामहरू सती गए । एउटा बेहोरिन नसक्ने साहित्यिक व्यक्तित्व अब रहेन अपूरणीय क्षति भयो ।
अब शोक सभा हुन थाल्यो ।
अब समवेदना ओइरन लाग्यो ।
अब चर्चा परिचर्चा चल्न थाल्यो ।

धेरैको मुखबाट सुनियो ‘केही समयअघिदेखि नै भैरव बेसुरा हुन थालेका थिए । सायद मगज केही ठीक थिएन’ हेरः अहिले जानकारी दिनेहरू : जिउँदो हुन्जेल उनीबाट हाँस्न चाहन्थे यिनीहरू, मगज ठीक थिएन रे भैरवको, तर हाँस्न चाहन्थे मान्छेहरू (हास्य पाठकहरू) ।

भैरव किन मरे ? किन आफूलाई मारे ? पुरु रिसाल सम्झाउँछन् भैरवका हरफहरू ‘मागी पाइने भिखभन्दा आफ्नै भोक मीठो । रोइरोइ बाँच्नुभन्दा हाँसी मर्नु निको ।’ हरे भैरवलाई मृत्युको भोक चाँडै लाग्यो । कोही भन्छन् ‘जर्मनबाट फर्केदेखि भैरवमा फ्रस्टेसन सुरु भएको हो ।’ कोही भन्छन् आफ्नै कार्यालयबाट भैरवमा निराशा पलाएको हो । कोही भन्छन् ‘भैरवको आत्महत्या गर्ने यो तेस्रो प्रयास हो ।’

रमेश विकल भन्छन् ‘मान्छेहरू गजबका हुन्छन् । भैरवको मृत्यु मेरै सामुन्ने भए जस्तो, एउटा आउँछ सोध्छ- भैरव किन मरेछन् है ? अर्को आउँछ भन्छ- भैरव कहिलेदेखि घरबाट हराएको रे ? तेस्रो आउँछ सोध्छ- भैरवले आफूलाई कसरी कहाँ मारेछन् हँ ? कस्ता मान्छेहरू यी ! सबै जान्दो हुँ त भैरव मर्न आँटेको के म हात बाँधी टुलुटुलु हेरिबस्दो हुँ ? सोध्ने पनि एउटा काइदा हुन्छ नि !

परशु प्रधान भन्छन् – “भैरवले दसैँअगाडि नै साथीहरू भेट्ने एउटा कार्यक्रम राख्न चाहेका थिए । हुन्छ, खबर गर्छु भनेँ दसैँको यताउता दसैँ सकेर खबर गर्ने निधोले चुप्प रहेँ तर उसको यो हालत भो ।” सायद परशुलाई भित्रसम्म थकथक लाग्यो, गहिरो बिझायो ।

अनन्त पौडेल भन्छन्- भैरवले केही समयअघि मात्र ‘हस्ताक्षर’ शीर्षक लेख सुनाएका थिए । त्यो नै उनको अन्तिम रचना हो अब यसभन्दा अरू केही लेख्ने छैन भन्थे ज्यादै ज्यादै मीठो थियो । थाहा छैन त्यो लेख छापियो कि छापिएको छैन ।

अनेकौँ प्रश्नचिह्न, प्रश्नचिह्न ??? पछि हरि अधिकारी – भैरवका छ जना बच्चा, बच्चीहरू भोलि छ वटा भैरव अर्याल हुन सक्ने चेतावनी हुत्याउँछन्

भैरवले कुनै किसिमको राम्रो पुरस्कार पाउनुपर्छ दैवज्ञराज न्यौपाने टड्कारो भन्छन् ।
गोरखापत्र संस्थान भैरवका बालबच्चालाई छ वर्षसम्म डेढ डेढ सय दिने कबुल गर्छ ।
विभिन्न स्कुलहरू निःशुल्क अध्ययन गराउने घोषणा गर्छन् ।

केही व्यक्तिहरू भैरवको गुण र देनलाई तारिफ गरेर उनलाई पापी भन्छन् किनभने उनले आत्महत्या गरे रे आफूलाई (एउटा मान्छेलाई) मारे रे । हुन सक्छ भैरवले बाँच्ने लोलुपतामा पाप र अपराध सँगाल्न चाहेनन् ।

दही असाध्य मन पराउने भैरवलाई सायद कृष्णचन्द्रसिंह प्रधानको यो भनाइ रुच्यो- “कि त बाँच्नलाई अपराध गर कि त अपराध नगर्नुको लागि मृत्यु रोज, बढ्ता बाँचेर पाप गर्नुको सट्टा पाप नगर्नको लागि चाडै मर्नु अधर्म होइन । त्यसैले आत्महत्या भनेको अपराधबाट बाँच्नको लागि गरिने सर्वोत्तम उपाय हो ।” (सालिक-आत्महत्याको अँगालोबाट)

अथवा भैरवले आफूमाधि अपराध गरिरहेकाहरूलाई पापको धेरै भारी बोकाउन चाहेनन् बरु आफै यस संसारबाट धेरै पर एक्लिए । यति पर कि जहाँ कुनै पनि अपराधी मस्तिष्कले उनीप्रति पापको दाउ रच्न सक्ने छैन ।

चाबेल, काठमाडौँ
मो.९८४१६२६६२६

‘आलेख’ पूर्णाङ्क ३७/३८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x