साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारायण-नारद वितर्क

नारायण नारायण प्रभूको मुखमा सुराको धारा, कसरी बुझाउँ कसरी सम्झाउँ छैन मेरो चारा, बुझाउँदा बुझाउँदा नबुझ्ने प्रभू चड्दैछ मेरो रिसको पारा, धेरै दिक्क भएँ भने देखाई दिन्छु दिउँसै तारा ।

Nepal Telecom ad

नारायण नारायण प्रभू
काहाँ वस्योनि तपाईंको श्वास
म सोच्दथें मेरो हृदयमा तिम्रो वास
धर्तीको सुरा-पानीमा के छ प्रभु त्यसतो खास
होशियार प्रभू यसले गर्छ सत्यनाश ।

नवोल नवोल जा जा ले ले
एक वुङ राम्रो तास
हेर्दैजा हेर्दैजा मेरो प्यारो भक्त
यस्तै छ मेरो लिला रास ।

नारायण नारायण प्रभू
जुवाले पाण्डुलाई पठायो वनवास
पृथ्वी लोकमा कति भए
जुवाले नै जिउँदो लाश
प्रभू प्रभू नगर्नुहोस् आफ्नो सर्वनाश ।

प्रभु वोल्छन बनाउँदै राता राता गाला
मलाई ज्ञान सिकाउने नाथे साला
मेरो ध्यान गर, तोङ्बा चडा, लगा मलाई माला
हैन भने काठछु साले तेरो छाला
आजीला आजीला खै खै लेउ लेउ काहाँ छ भाला ।

प्रभू प्रभू राम्रो छैन यस्तो चाला माला
हजुर बन्नु हुँदैछ एक मतवाला
मनुष्य र हजुरमा भयो सालाखाला
भरिन्छ हजुर तपाईं मातेर पृथ्वीको खोलानाला ।

वक वक नगर जा जा ले ले
एउटी कम्मर छिनेकी सुन्दरी वाला
याहाँको विल तिर्ने बोला त्यो साहुलाला
वेसी वकीस भने लगाउँछु तेरो मुखमा ताला ।

नारायण नारायण प्रभूको मुखमा सुराको धारा
कसरी बुझाउँ कसरी सम्झाउँ छैन मेरो चारा
बुझाउँदा बुझाउँदा नबुझ्ने प्रभू चडदैछ मेरो रिसको पारा
धेरै दिक्क भएँ भने देखाई दिन्छु दिउँसै तारा
नारायण नारायण सधैं प्रभू कै लाउँथे नारा

प्रभू भए अब सधैंलाई थारो वेसारा
छैन छैन प्रभु यो दुनियामा तिम्रो साहारा
छोडेर म त वैकुण्ठधाम जान्छु रोक्यौ भने
भत्काई दिन्छु दारा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँस, हँसाऊ र रमाऊ

हाँस, हँसाऊ र रमाऊ

डा. तुलसी भट्टराई
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x