साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाना खान भुइँमै झर्नुपर्छ

आफूले दाना खुवाएर उडाएको परेवा गिद्ध रुप धरेर जमिनमा झर्छ, आफूले परेवा कुर्यो, गिद्ध पो आई पर्छ, उसलाई दाना खुवाउने कुरा त परै जावस्, आफै उसको दाना बन्नु पर्छ, गिद्धलाई पनि दाना खान त भुइँमै झर्नुपर्छ ।

Nepal Telecom ad

परेवा जतिसुकै माथि आकाशमा उडे पनि
दाना खान त भुइँमै झर्नुपर्छ
सिंहदरबार पसेर जति आकाशमा कावा खाए पनि
त्यहाँ जाने पास लिन त गाउँमै आउनु पर्छ ।

जतिसुकै भलाद्मी पल्टी टोपले या सिद्धान्त छाँटे पनि
आखिर मिठो खान र राम्रो लाउन त सबैलाई पर्छ
तपाईं दिनुहुन्न, मसँग छैन,
त्यसैले त सिंहदरबार जानुपर्छ
त्यहाँ जाने पास लिन त गाउँमै आउनुपर्छ ।

रिस जतिसुकै तातो होस्, त्यो तातोले ताप्के तात्दैन
माछा र चरा बीच जतिसुकै गहिरो या
उचाइको प्रेम बसे पनि घरजम बस्दैन
सरकारी ढुकुटी नै खान नपाए नेता बाँच्दैन
त्यसैले त सिंहदरबार जानुपर्छ
त्यहाँ जाने पास लिन त गाउँमै आउनुपर्छ ।

परेवा जतिसुकै माथि आकाशमा उडे पनि
दाना खान त भुइँमै झर्नुपर्छ
समस्या चैं के हो भने
आफूले दाना खुवाएर उडाएको परेवा
गिद्ध रुप धरेर जमिनमा झर्छ
आफूले परेवा कुर्यो
गिद्ध पो आई पर्छ
उसलाई दाना खुवाउने कुरा त परै जावस्
आफै उसको दाना बन्नु पर्छ
गिद्धलाई पनि दाना खान त भुइँमै झर्नुपर्छ
जो जे भुइँमा छन्,
ती अकाशमा उड्नेको दाना बन्नुपर्छ
उड्नेहरू दाना खान भुइँमै झर्नुपर्छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x