सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दाना खान भुइँमै झर्नुपर्छ

आफूले दाना खुवाएर उडाएको परेवा गिद्ध रुप धरेर जमिनमा झर्छ, आफूले परेवा कुर्यो, गिद्ध पो आई पर्छ, उसलाई दाना खुवाउने कुरा त परै जावस्, आफै उसको दाना बन्नु पर्छ, गिद्धलाई पनि दाना खान त भुइँमै झर्नुपर्छ ।

Nepal Telecom ad

परेवा जतिसुकै माथि आकाशमा उडे पनि
दाना खान त भुइँमै झर्नुपर्छ
सिंहदरबार पसेर जति आकाशमा कावा खाए पनि
त्यहाँ जाने पास लिन त गाउँमै आउनु पर्छ ।

जतिसुकै भलाद्मी पल्टी टोपले या सिद्धान्त छाँटे पनि
आखिर मिठो खान र राम्रो लाउन त सबैलाई पर्छ
तपाईं दिनुहुन्न, मसँग छैन,
त्यसैले त सिंहदरबार जानुपर्छ
त्यहाँ जाने पास लिन त गाउँमै आउनुपर्छ ।

रिस जतिसुकै तातो होस्, त्यो तातोले ताप्के तात्दैन
माछा र चरा बीच जतिसुकै गहिरो या
उचाइको प्रेम बसे पनि घरजम बस्दैन
सरकारी ढुकुटी नै खान नपाए नेता बाँच्दैन
त्यसैले त सिंहदरबार जानुपर्छ
त्यहाँ जाने पास लिन त गाउँमै आउनुपर्छ ।

परेवा जतिसुकै माथि आकाशमा उडे पनि
दाना खान त भुइँमै झर्नुपर्छ
समस्या चैं के हो भने
आफूले दाना खुवाएर उडाएको परेवा
गिद्ध रुप धरेर जमिनमा झर्छ
आफूले परेवा कुर्यो
गिद्ध पो आई पर्छ
उसलाई दाना खुवाउने कुरा त परै जावस्
आफै उसको दाना बन्नु पर्छ
गिद्धलाई पनि दाना खान त भुइँमै झर्नुपर्छ
जो जे भुइँमा छन्,
ती अकाशमा उड्नेको दाना बन्नुपर्छ
उड्नेहरू दाना खान भुइँमै झर्नुपर्छ ।

बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
छन त छ

छन त छ

चट्याङ मास्टर
काठमाडौं पुराण

काठमाडौं पुराण

चट्याङ मास्टर