साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोबोट बन्ने रहर

कर्मचारी बनी हिंडें भ्रष्टाचारी भने राजनीति गरि हिंडें गद्दारी भने त्यसैले पेसा नगरी घरमै बसें स्वास्नीको कमाइ खाने अत्यचारी भने।

Nepal Telecom ad

अन्जु शर्मा :

कहिले नेताको पाउ समाउँदै हिडें
कहिले दुःखेको घाउ समाउँदै हिडें
मान्छे बन्ने रहरमा कयौंपटक यहाँ
आँसु र पसिना एकै ठाउँ जमाउँदै हिडें।

बाको झुकेको शिर उठाउँन हिडें
आमाको फाटेको फरिया सिलाउँन हिडें
हातमा कोदालो र थाप्लोमा नाम्लो भिरेर
हतारिदै प्यारीको सिउँदो सजाउँन हिडें।

छोराको फिस भर्नलाई पार्टीको दलाल बनें
छोरीको बिहे गर्नलाई स्वाभिमानको हलाल गरें
दुइ छाक रोटी जोहो गर्नकै लागि हजुर
ती फरार अभियुक्तको म जल्लाद बनें।

कर्मचारी बनी हिंडें भ्रष्टाचारी भने
राजनीति गरि हिंडें गद्दारी भने
त्यसैले पेसा नगरी घरमै बसें
स्वास्नीको कमाइ खाने अत्यचारी भने।

त्यसैले,
मेरा सबै रहर छोटिएका छन्
जीवन जीउने कला रेटिएका छन्
धेरै लामो अनुभवले बताएको छ
मात्रै रोबोट बन्ने रहर जोडिएको छ।

०००
रातोपुल, काठमाडाैं
२०८१ वैशाख ३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x