साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

हाम्रा इज्जत हुन् पुर्खा स्वाभिमान बनाउने यिनै हुन् दृश्यका ज्योति संसार यो चिनाउने ।। त्यसैले बाबुआमा यी जिउँदा देउता भनी मान सम्मानले राखौँ बनेर मनका धनी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

ख्वाउँदा निल्न सक्तैनन् परे कि भ्रममा प्रभु
न्वाउँदा आच्छु भन्दैनन् बसे मौन भई प्रभु ।। १

न शीत तापको चिन्ता न ओड्ने न बिछाउने
न आभूषण नै लाए न हाँस्छन् न चिढाउने ।। २

लिँदैनन् दाम या भेटी प्रसादी फूल त्यो पनि
सुन चाँदी भए तुच्छ ठान्दछन् व्यर्थ यो पनि ।। ३

लफडा दुस्मनी छैनन् न ईर्श्या न त लोभ छ
न निद्रा भोक तिर्खा भो न ऐया न त रोग छ ।। ४

चाहियो किन खै सेवा न बन्छन् वृद्ध ईश यी
गरौँ सेवा पितामाता गुरुलाई सधैभरि ।। ५

जसले खान माग्दै छन् भोक तिर्खा हुँदा दिऔँ
जसका रोग छन् धेरै उपचार छिटो गरौँ ।। ६

नाङ्गो भै वृद्ध जो काम्छन् वस्त्र लाऔँ छिटो गरी
इच्छा ती मनका पूरा पारौँ छेउ सधैँ गई ।। ७

वृद्ध बन्छौँ सबै हामी हाम्रा सन्तानले पनि
गरुन् सेवा सधैँ हाम्रो न भुलुन् वृद्ध यी भनी ।। ८

हाम्रा इज्जत हुन् पुर्खा स्वाभिमान बनाउने
यिनै हुन् दृश्यका ज्योति संसार यो चिनाउने ।। ९

त्यसैले बाबुआमा यी जिउँदा देउता भनी
मान सम्मानले राखौँ बनेर मनका धनी ।। १०

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x