फित्काैली डटकमनेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बमाथि विमर्श
कवि तथा समालाेचक प्रतिसरा सायमिले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे भने प्रज्ञा-प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य डा. मधुसुदन गिरीले बिम्बविधानका बारेमा आफ्नाे विचार राख्नुभएकाे थियाे ।

नेपाल प्रज्ञा-प्रतिष्ठान र गुञ्जन नारी साहित्यिक संस्थाकाे सहकार्यमा “नेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बको प्रयाेग” विषयक कार्यपत्र तथा कविता वाचन गरिएकाे थियो।
कार्यक्रम प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, काेश र व्याकरण विभाग प्रमुख त्रैलाेक्यमान बनेपाली (अगिब)काे अध्यक्षतामा सम्पन्न भएकाे थियो। कवि तथा समालाेचक प्रतिसरा सायमिले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे भने प्रज्ञा-प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य डा. मधुसुदन गिरीले बिम्बविधानका बारेमा आफ्नाे विचार राख्नुभएकाे थियाे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले गुञ्जन साहित्यकाे परिचय दिँदै स्वागत मन्तव्य राख्नुभएकाे थियाे । गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रममा ईश्वरीमैयाँ श्रेष्ठ, रीता (रितु) महर्जन, सिल्भिया राजोपाध्याय, रिता महर्जन, लक्ष्मी माली, शान्ता श्रेष्ठ, दिव्या ताम्राकार, विमला मानन्धर, रजनी मिला र हिसिलिना शाक्यलगायत १० जना कविले कविता वाचन गर्नुभएकाे थियाे ।
वाचित कविताबारे प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य सुलाेचना मानन्धरले समीक्षात्मक टिप्पणी राख्नुभएकाे थियाे । कार्यक्रममा नेपालभाषा र नेपाली भाषाका समीक्षक, स्रष्टा र साहित्यिक अनुरागीहरूकाे बाक्लाे उपस्थिति थियाे ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































