सीताराम नेपाल ठूलो चोर
नामूद चोर जान्दाजान्दै ठेस लागेको दोवाटाको ढुङ्गालाई देउता माने जसरी मान्छौं, अनेक पटक हाक्काहाक्की अर्काको भोट चोर्नेलाई पटक पटक गाउँ प्रमुख बनाउछौं अनि हाम्रामा चोरी नभए कसकोमा हुन्छ त ?'

सीताराम नेपाल :
‘प्रमुखज्यू, तपाईंको जीतपछि हाम्रो गाउँमा चोरको मगविगी झन् बढ्यो । चोर पत्ता लगाई हदैसम्मको सजायँ रई हामीलाई शान्ति सुरक्षा दिनुस् । जहिले पनि चुनावमा घरी डकैती बढ्ने गरे पनि यसपालि त अचाक्ली नै भयो । दुनाव सकिएको कति भैसक्यो, लौन ! जे गरेर भए पनि गान्ति ल्याइदिनुस् । ‘म विजयी भएमा गाउँको चोरीचकारी नामेट पार्छु भन्नु भाथ्यो नि ! कृपा गरेर आफ्नो बचन पूरा गर्नुहोस्।
‘तपाईंहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ हातको खेल हो यो । तपाईंहरू ढुक्क हुनुहोस्, भोलिदेखि नै चोरीचकारी सबै बन्द हुन्छ । तपाईंहरूले भोलिबाटै ढोका, दराज, सेफ, बाक्सामा ताला लगाउन नपर्ने गरी शान्ति सुरक्षा प्रदान गरिदिने छु ।’
गाउँलेका कुरा सुनेपछि भर्खर निर्वाचित गाउँ प्रमुख चतुरलालले आश्वासन दियो। गुनासो गर्न गएका गाउँलेहरूलाई चुनाव जितेको उपलक्ष्यमा साँझमा भोज पनि खुवायो ।
गाउँलेहरू आफ्नो नेताको दरो आश्वासनबाट आश्वस भई राति मस्तसँग निदाए । भोलिपल्ट व्यूँझँदा सबैका लत्ताकपडा, हाँडाभाँडा, अन्नपात, वस्तुभाउधरी चोरी भयो। आङ्का लुगा र ओढेका च्यादरबाहेक घर, कटेरा, गोठ, खोर सबै हुरीले पत्कर बढारे जसरी सिनित्तै पारियो । गाउँमा कोलाहल मच्चियो । गाउँलेहरू रुँदै कराउँदै हारगुहार माग्न गाउँप्रमुखकोमा जाने सुरले भेला भए।
भेलामा गाउँलेको सदा भलो चिताउने शिक्षक धीरज खत्री पनि गए। दुःखी गाउँलेका कुरा सुनिसकेपछि धीरजले भने- ‘हामी मूर्ख छम्, महामूर्ख । नामूद चोर जान्दाजान्दै ठेस लागेको दोवाटाको ढुङ्गालाई देउता माने जसरी मान्छौं, अनेक पटक हाक्काहाक्की अर्काको भोट चोर्नेलाई पटक पटक गाउँ प्रमुख बनाउछौं अनि हाम्रामा चोरी नभए कसकोमा हुन्छ त ?’
०००
रातो डायरी (२०७४)
Subscribe
Login
0 Comments
Oldest







































