साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कुसुमी, एक सुन्दर फूल

ऊ मौन छ, तर उसको अनुहारमा झल्किने ती आशा ओठमा सधैं चम्किरहने मुस्कान आँखामा देखिने उसका सपना र, कहिल्यै नथाक्ने उसको मन म पूर्ण छु, किनकि ऊ मेरो लागि अधुरो छ ।

Nepal Telecom ad

अनिश श्रेष्ठ :

निश्चल म
मैले कोरेका रंगीन सपनाहरु
अनि मेरो सपनाको रंगीन संसार
मैले मेरा चित्रहरूमा रंग भर्दै गर्दा
मेरो आँखामा झल्किने ती सपनाहरु
जसले मलाई जीवन्त बनाउँछ
ती चित्रहरूले मेरो जीवन दर्शाइरहेका छन्

मेरो हाँसो,
मेरो खुशी
र मलाई सधैँ साथ दिने मेरा दु:खहरू
मैले भर्दै गरेको रंगहरूको प्रत्येक चालसँगै
छरिएका मेरा भावना
म जति नै निश्चल छु
त्यति नै चञ्चल छ मभित्र लुकेको पात्र
ऊ विना म अधुरो छु
निशब्द छु

ऊ विना मेरो अस्तित्व के?
ऊ छ र पो म चलायमान छु
उसका सपना धेरै रंगीन छन्
मैले कल्पना गरेकोभन्दा पनि फरक
उसलाई हाँस्नु छ
साना–साना खुशीहरू बटुल्न छ
ओठमा मन्द मुस्कान लिएर बाँच्नु छ
सबैलाई खुशी बाँड्नु छ
उसको निःस्वार्थ मन र अनगिन्ति प्रेम
तर चारैतिर छरिएका उसका भावनाहरू
लाग्छ कुनै आँधीले तहसनहस पारेका उसका खुशीहरू

ऊ मौन छ,
तर उसको अनुहारमा झल्किने ती आशा
ओठमा सधैं चम्किरहने मुस्कान
आँखामा देखिने उसका सपना
र, कहिल्यै नथाक्ने उसको मन
म पूर्ण छु, किनकि
ऊ मेरो लागि अधुरो छ

मेरा रंगीन सपनाहरूलाई
उसले आफ्ना कोमल हातले सजाउँदैछ
र म, त्यो सपनाको सुगन्धसँगै अघि बढ्दैछु

म कुसुमी, एक सुन्दर फूल।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Manju Shrestha
Manju Shrestha
10 months ago

understandable for every level of readers…so good ..keep it up..

Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
1
0
Would love your thoughts, please comment.x
()
x