साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

उहिले राजाद्वारा शान्ति क्षेत्र घोषित बुध्दको यो देशमा- न्याय-निसाफ माग्दा लाठीले चुट्‌ने यो कस्तो संस्कार हो ?

Nepal Telecom ad

ज्ञानुवाकर पौडेल :

(१)
देश बिग्रंदो रहेछ नेताहरू यदि सारै खराब भए
मान्छे बरालिंदो रहेछ पिउने गरेको शराब भए
कसरी सुसंस्कृत तुल्याउने खोई यो समाजलाई ?
बताइदिए हुने कसैले यदि यसको जवाफ भए ।

(२)
मान्छे भएर मान्छेलाई लुट्ने यो कस्तो संस्कार हो
मान्छे भएर मान्छेलाई कुट्ने यो कस्तो संस्कार हो ?
उहिले राजाद्वारा शान्ति क्षेत्र घोषित बुध्दको यो देशमा-
न्याय-निसाफ माग्दा लाठीले चुट्‌ने यो कस्तो संस्कार हो ?

(३)
व्यर्थे मलाई अभावको यो रूनु कराउनु लाग्छ,
वेश बरू जे छ त्यसैमा नै चित्त बुझाउनु लाग्छ,
के थियो र आउँदा साथमा के पो लिएर जानु ?
काम मेरो अब दुनियांलाई यही सम्झाउनु लाग्छ !

(४)
कहिले देखा परिदिन्छ्यौ तिमी मेरो आश बनेर
कहिले चैं झुल्किदिन्छ्यौ तिमी मेरो प्यास बनेर
चाहँदैमा कहाँ सकिने रहेछ र तिमीलाई भुल्न-
अचेल तिमी छाएकी छ्यौ मेरो नजरमा खास बनेर !

(५)
रोमाञ्चित थिएँ म त तिमी आउने आभासमा
पग्लेला कि मन तिम्रो भन्ने पूर्ण विश्वासमा
तुहिए कठै आज मेरा यी आशा र भरोसा पनि-
के गरी बाँच्नु यो जिन्दगी अब कसको आसमा ?

०००
मेरील्याण्ड, सिड्नी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
नराम्ररी ढल्नु भएछ !

नराम्ररी ढल्नु भएछ !

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x