साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार !

हुन्छन् भोजभतेर टन्न धनमा, साहित्यप्रेमी जन । छैनन् कीर्ति तथापि काव्य रसमा, डुब्छन् असाध्यै मन । भेला चल्छ उमङ्गका भ्रमणमा, आनन्द साह्रै अहो । बाँकी हुन्छ हिसाब मूल्य गुणको, "ढेवा" पुरस्कार हो ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

लिन्छन् ध्येय विशेष कर्म रहँदा, संस्था गरोस् उन्नति ।
दिन्छन् ध्यान हरेक उत्सव हुँदा, निःस्वार्थ छन् सम्मति ।
मान्छन् मानिस सत्यनिष्ठ छ भनी, सम्मान आभारको ।
यस्तै कार्य स्वरूप अर्पण हुने, “सेवा” पुरस्कार हो ।

हुन्छन् भोजभतेर टन्न धनमा, साहित्यप्रेमी जन ।
छैनन् कीर्ति तथापि काव्य रसमा, डुब्छन् असाध्यै मन ।
भेला चल्छ उमङ्गका भ्रमणमा, आनन्द साह्रै अहो ।
बाँकी हुन्छ हिसाब मूल्य गुणको, “ढेवा” पुरस्कार हो ।

गर्छन् मान हरेकपल्ट जसले, आतिथ्य भेट्टाउँछ ।
भर्छन् दान अनेक थोक पहिले, सम्मान कुम्ल्याउँछ ।
पुग्छन् केन्द्र जहाँ प्रभाव छ दह्रो, छोड्दै नछाड्ने अहो ।
आफन्ती जनको सिफारिस हुने, “पेवा” पुरस्कार हो ।

मेलापर्म हरेक चल्छ दुनियाँ, ऐँचो र पैँचो पनि !
लिन्छन् नाम प्रचार मञ्च उभिँदा, बोल्छन् सुधी सद्गुणी ।
संझौता पनि हुन्छ; हुन्न कि कतै, खोजिन्छ आकारको ।
होलान् ती व्यवहार या चलनका, “टेवा” पुरस्कार हो ।

दिन्छन् मार्ग सदैव सर्जक बनी,उम्दा सबै सिर्जना ।
तृष्णा कत्ति हुँदैन प्राप्ति धनको, छैनन् प्रसंशा मन ।
सारा राष्ट्र कृतज्ञ बन्छ जसको, त्यो उच्च संस्कारको ।
विद्वत् वर्ग निमित्त अर्पण हुने “प्रज्ञा” पुरस्कार हो ।

चन्दाबाट विशेष अर्थ ढुकुटी, जम्मा छ भण्डारमा ।
भेला सर्जक छन् हरेक दिनमा, सत्पात्रको नाममा ।
पक्कै दृष्टि अवश्य पर्छ सहजै, मान्छन् चमत्कार पो !
गर्छन् व्यक्ति अझै परिश्रम भने, “कर्मी” पुरस्कार हो ।

साह्रै बृद्ध उमेर किन्तु कसरी, सन्धानमा लिप्त छन् ।
छैनन् आश परन्तु कर्म जसरी, एकाग्रता चित्त छन् ।
साच्चै हुन् इतिहास वर्ष वयले, संस्कार उम्दा अहो !
श्रद्धापूर्वक जो प्रदान गरिने, “धर्मी” पुरस्कार हो ।

०००
भरतपुर चितवन
२३ असार,२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x