साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माया

"नदी नभएको ठाउमा मन्त्रीको सोर्समा पुल बनाएको ... -"मन्त्रीको कम्पनीले सार्बजनिक जग्गा र मसानघाट मिचेर प्लटिङ गरेको । -"मन्त्रीको निजी प्लटिङमा सडक बनाउन बजेट छुट्टयाइएको.....

Nepal Telecom ad

सीताराम नेपाल :

– “लागेको थियो बोलेको पुर्याउछन् । फाल्तु बोल्दैनन् । भनिए अनुसार सेवामा दत्तचित्त हुन्छन् । तिनको शासनमा पक्षपात हुँदैन । दु:खीको दु:ख हरण गर्दै जनतालाई साँच्चिकै सुशासन दिन्छन् । विकासले छलाङ मार्ने छ ।…. तर तिनले त अरुलेजस्तै सपना मात्रै देखाएका रहेछन् । घोषणापत्रलाई जनता झुक्क्याउने कागज बनाएका छन्।….”

मन्त्रीकै नेतृत्वमा अनेक भ्रष्टाचार गरे । कमिसनका लागि हवाई जहाज डुवाई पानी जहाजको सपना बाँडे । त्यतिले नपुगी गृहमन्त्रीको योजनामा नक्कली शरणार्थी बनाइ, भिजिट भिसाको बहानामा जनतालाई बेच्ने दुस्साहस गरे । आफू र आफ्ना कार्यकर्ता, नातेदारलाई कानुन नलाग्ने गरे। …जहिल्यै कुशासन मात्रै दिए । राम्रा भनिएकाहरूबाटै एकपछि आर्को गलत हर्कत हुन थालेपछि हामी बिदेशिएका थियौँ ।”

एअरपोर्टमा उत्रिएपछि लगेज पर्खिरहेका राजुराज र रामराजाले विदेशिदाको नेपाली राजनीतिको अवस्था सम्झन पुगे ।

“पुरा दशवर्षे जीवन साउदीमा बिताइयो । जतिसुकै भद्रगोल भए पनि आफ्नो देशको याद आउँछ । माया लाग्छ । सकेसम्म नेपालमै बसेर पेसा व्यवसाय गर्दै जनताको सेवा गर्न पाए हुन्थ्यो ।

राजुराज र रामराजा नेविसङ्घ र अखिलका नेता थिए । आफूहरूले दिएका सुझावलाई नेताहरूले बारम्बार लत्याएर झन् झन् जनविरोधी कार्य गरेकाले उनीहरूले मुलुक छाडेका थिए ।

-“नदी नभएको ठाउमा मन्त्रीको सोर्समा पुल बनाएको …

-“मन्त्रीको कम्पनीले सार्बजनिक जग्गा र मसानघाट मिचेर प्लटिङ गरेको ।

-“मन्त्रीको निजी प्लटिङमा सडक बनाउन बजेट छुट्टयाइएको…..

-“आफ्नो ठाडो आदेशमा कानुन बिपरित काम नगर्ने कर्मचारीलाई मन्त्रीले पिटेको ….”

प्रदेशतिरको त्यस्तो खवर पाएपछि ती दुबैले देशभित्रका र बाहिरका सबैका कुरा सुने ।

-“तिमीहरू पनि कुन ड्याङका मुला हौ र !? नेविसङ्घ र अखिले होइनौ र !?”

-“यदि साच्चै देशको माया गर्छौ भने बिपि र पुष्पलालका त्याग र सहिदको बलिदानलाई सम्झ । र उहाहरूको मार्गचित्रमा लाग्न तिमीहरू नै राजनीतिमा उत्र । हामी तिमीहरूका पछुवा बनम्ला । तर तिमीहरूको राजनीति अहिले हामीसँग भनेको जस्तै आदर्शवान हुनुपर्छ । सेवा निस्पक्ष हुनुपर्छ ….”
अन्तत: राजु र राम राजनीतिमा होमिए ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
ठूलो चोर

ठूलो चोर

सीताराम नेपाल
पाँच हाइकु

पाँच हाइकु

सीताराम नेपाल
हाइकुको हानाहान

हाइकुको हानाहान

सीताराम नेपाल
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x