साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको साहित्य

साट्छन् यताउता ती सम्मान मानलाई दिन्छन् मुसुक्क हाँसी साथी ल है बधाई लाग्दैन लाज केही लाटो छ लोक ठान्छ्न् आफैँ छु श्रेष्ठ बाठो ज्ञाता निजै हुँ मान्छन् ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

नि:स्वार्थ काम गर्ने मान्छे पछाडि पर्छ
ढाँट्ने र छल्न जान्ने मात्रै अगाडि पर्छ
सम्बन्ध गाँस्छ कोही धागो भएर आफैँ
सम्बन्ध तोड्छ कोही आगो भएर आफैँ ।

छोडेर लेख्न कोही खोजेर हिँड्छ माला
आफ्नै छ ग्याङ छुट्टै रोजेर चाट्छ गाला
विश्वास बेच्छ सस्तै बोकेर हिँड्छ भाला
सुन्दै अचम्म लाग्ने बेकार देख्छु चाला ।

सम्मान माग्छ रोई भन्दै छ झट्ट देऊ
साहित्यमा मनग्यै लाग्दै छ काइलेउ
के के हुँदैछ यस्तो पाइन्न आज भेउ
सोझा इमानदारी लाग्छ्न् किनार छेउ ।

के हुन्छ साधनाले हल्ला गरेर हिँड्छन्
सत्कर्म गर्न थाल्नेलाई अवश्य गिड्छ्न्
सारा मिलेर खुट्टा तानेर झार्न भिँड्छन्
वा वा गरेर हल्ला सक्दो कुतर्क फिट्छन् ।

साट्छन् यताउता ती सम्मान मानलाई
दिन्छन् मुसुक्क हाँसी साथी ल है बधाई
लाग्दैन लाज केही लाटो छ लोक ठान्छ्न्
आफैँ छु श्रेष्ठ बाठो ज्ञाता निजै हुँ मान्छन् ।

आफैँ छ चोर डाँका आफैँ छ बुद्धिमानी
आफैँ छु भन्छ आफैँ ब्रम्हाण्ड तत्त्वज्ञानी
भन्दै छ ऊ मजस्तो लेख्दैन अन्य कोही
लेख्दैन नव्य केही बासी फलाक्छ सोही ।

हाहा गरेर कोही बाख्रा चराउँदैछन्
झोडी पसेर भेडा आफैँ हराउँदैछन्
डाँडा चढेर कोही ढुङ्गा लडाउँदैछन्
पिर्रे टिपेर पाती भन्दै चढाउँदैछन् ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x