साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ के क्रान्तिकारी, म पो क्रान्तिकारी

कमाएँ रमाएँ जम्यो जिन्दगानी छ पैसा र ठूलो बनेको छु दानी बनिस् सर्वहारा तँ बानी बिगारी तँ सिल्ली र आँधो म पो क्रान्तिकारी ।

Nepal Telecom ad

राजेन्द्र घायल :

तँ जुम्रो म हात्ती, तँ कौवा म बाज
छ दर्जा अनेकौं छु बाठो म आज
छ लीला हजारौं छली भेषधारी
तँ के क्रान्तिकारी ? म पो क्रान्तिकारी

म हो खेत गैरी तँ बाँझो बलौटे
म नेता सबैको तँ मेरो भरौटे
तँ माछो म बल्छी घुमन्ते जलारी
तँ के क्रान्तिकारी ? म पो क्रान्तिकारी

तँ निष्ठा पुजारी सधैं वाद जप्ने
सुकाएर आन्द्रा व्यथा दुःख खप्ने
म जेथा बटुल्दै थुपार्दै छु भारी
तँ के क्रान्तिकारी ? म पो क्रान्तिकारी

कुरा गर्छु कस्तो छुरा झै छ धार
म गर्नेछु चर्को कुराको प्रहार
कुराको म ज्ञाता कुरा भेषधारी
तँ के क्रान्तिकारी ? म पो क्रान्तिकारी

तँ धेरै नबोल्ने खटी काम गर्ने
समस्यै समस्या निकै झेल्नुपर्ने
तँ बाटो कुरी बस् छ मेरो सवारी
तँ के क्रान्तिकारी ? म पो क्रान्तिकारी

कमाएँ रमाएँ जम्यो जिन्दगानी
छ पैसा र ठूलो बनेको छु दानी
बनिस् सर्वहारा तँ बानी बिगारी
तँ सिल्ली र आँधो म पो क्रान्तिकारी ।

घायलको घुयँत्रो (२०८१)

०००
चितवन 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x