साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समर्थन बेकार

त्यसै वेला फाेनकाे घन्टी बज्याे किर्र किर्र । उनले फाेन गर्नेसित रिसाउँदै फाेन उठाए । फाेन गर्नेले आधा घण्टा स्वाहा पारिदियाे । जब उनी पुनः लेख्न बसे न मुक्तक, न गजल, न कविता, न कथा न उपन्यास !

Nepal Telecom ad

रमेश समर्थन :

समर्थन राम्रै साहित्यकार मानिन्थे । कनिकुथि लेख्थे तर एकदुई रचनाले प्रशंसा पनि पाएका थिए ।

प्रतिभाहीन नै त भन्न नमिल्ने तर खासै प्रतिभाशाली पनि हाेइनन् । छिप्छिपे ज्ञान पनि थियाे र अभ्यास पनि गरिरहन्थे तर उनकाे अभ्यास त्यस्तै थियाे जस्ताे भूमिगत पानीका निम्ति सय हात खन्नेले तेर्साे सय हात खनेर पानी खाेज्छ । काेलमा घुम्ने गाेरुझैं हिँडिरहन्थे तर जहाँकाे त्यहीँ ।

“अब त याे उपन्यास पूर्ण गरेर छाड्छु । धेरै भयाे ।” यति भन्दै उनी अपूर्ण उपन्यास पूर्ण गर्न बसे । एउटा परिच्छेदमा घटना अघि बढाउँदै थिए, सहसा विचारमा एउटा कथाकाे विषय आयाे । उनले साेचे, उपन्यासकाे विषय त कहाँ गएकाे छ र ? कथाकाे विषय त बिर्सिन सकिन्छ । अनि उनी कथा लेख्न बसे ।

कहाँबाट थाल्ने, कसरी द्वन्द्व ल्याउने र कसरी समापन गर्ने भन्ने साेच्न नपाउँदै एउटा कविताकाे विषय मस्तिष्कमा आयाे ।

“आ…! कि कैयौं दिनसम्म केही आउँदैन कि तँछाडमछाड छ ।” उनले कथालाई पन्छाए र कविता लेख्न बसे । लेख्दै जाँदा एउटा शब्द यस्ताे आयाे जुन गजलका लागि उपयुुक्त काफिया हुन सक्थ्याे र त्यससँग मिल्दाे एउटा मिसरा पनि फुरिहाल्याे । पछि बिर्सन सकिन्छ भनेर उनले त्याे मिसरा टिपे । त्यति गर्दासम्म उनलाई लाग्याे यसबाट त दमदार मुक्तक पाे बन्छ अनि मुक्तकतिर लागे ।

त्यसै वेला फाेनकाे घन्टी बज्याे किर्र किर्र । उनले फाेन गर्नेसित रिसाउँदै फाेन उठाए । फाेन गर्नेले आधा घण्टा स्वाहा पारिदियाे । जब उनी पुनः लेख्न बसे न मुक्तक, न गजल, न कविता, न कथा न उपन्यास ! सबै विषय उडिसकेका थिए र समर्थन बेकार भइसकेका थिए ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x