साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाच्न नजान्ने आँगन टेढो

"विदेशी नाच । लोकप्रिय ! विदेश र विदेशीलाई मनपर्ने ।" नक्कली मयुरको यो भनाइ सम्झेर राजाले उसको ढङ्ग न रङ्गको नाच निरन्तर देखाउने आदेश गरेछन् ।

Nepal Telecom ad

सीताराम नेपाल :

मयुर नाचेको सबैलाई मनपर्छ । सबैले मनोरञ्जन लिन्छन् मयुरको नाच हेरेर । कागलाई चाहि डाह लागेछ ।

आफूलाई कसैले राम्रो नभनेको रिस पनि रहेछ कागलाई । तर काग चलाख । उसले आफू पनि मयुरजस्तै लोकप्रिय हुन पाए धेरै फाइदा हुन्थ्यो भनेर सोच्न थालेछ । एकदिन उसलाई एउटा जुक्ति फुरेछ ।

नाच्दा भुइँमा झरेका मयुरका प्वाँखहरू बटुलेर कागले लगाएछ र उर्दी जारी गरेछ -“यो जङ्गलमा अब जुनसुकै बेला पनि मयुर नाच्ने छ । तर जुनसुकै बेला पनि नाच्ने मयुरका वरपर अरू मयुरहरूले थपडी बजाउनु पर्नेछ । थपडी बजाउन नआउने मयुरलाई देश निकाला गर्न बनका राजा तयार हुनुपर्छ । सुचकका कुरा सुनेर राजा दङ्ग परेछन् र शर्त मानेछन् । राजाले मयुरहरूलाई थपडी बजाएर नाच्ने मयुरलाई साथ दिन आदेश गरे छन् ।

-“हे उल्का अचम्म के हुन लाग्यो ?”भनेर मयुरहरू थपडी बजाउन तयार भएछन् । नाच हेर्न सबै चराचुरुङ्गी जम्मा भएछन् । नक्कली मयुरले नाच्न जानेन । यस्तो पनि नाच हुन्छ भनेर सबैले हुटिङ गरे । राजा पनि रिसाए । नक्कली मयुर डरायो तर ऊ चलाख । उसले राजालाई बिन्ती गर्यो

-“सरकार ! मैले विदेशी विश्वविद्यालयमा सिकेको विदेशी ब्रान्डको नाच हो यो । विदेशमा त यो नाच प्रख्यात छ । यहाँ पहिलोपटक देखिएकोले नौलो लागेको हो सरकार ! पछि बानी परेपछि यही नाच सबैलाई मनपर्ने हुन्छ ।”

-“विदेशी नाच । लोकप्रिय ! विदेश र विदेशीलाई मनपर्ने ।” नक्कली मयुरको यो भनाइ सम्झेर राजाले उसको ढङ्ग न रङ्गको नाच निरन्तर देखाउने आदेश गरेछन् ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
माया

माया

सीताराम नेपाल
ठूलो चोर

ठूलो चोर

सीताराम नेपाल
पाँच हाइकु

पाँच हाइकु

सीताराम नेपाल
हाइकुको हानाहान

हाइकुको हानाहान

सीताराम नेपाल
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x