साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजको मृत्यु

नुहाएर यति बेला प्रवेश गरेको छु भोजनगृहमा हेरिरहेछु खाना पस्कँदै गरेकी पत्नी र आफैंलाई हेरिरहेछु र सोचिरहेछु लाज त मरिसकेको छ सोचिरहेछु अब अझ कस्तो हुने हो सिंहदरबार ?

Nepal Telecom ad

डा.अमर गिरी :

बिहान सबेरै
स्मिताले फोन गरिन्
सर
बिहानको ठीक चार बजे
मृत्यु भयो लाजको
बिराम लागेपछि
उनको आर्द्र स्वरमा
घडी हेरें
बजेको रहेछ
बिहानको ठीक आठ ।

लाज बिरामी छ भन्ने
थाहा थियो पहिलेदेखि
डाक्टर उपाध्यायले
डायग्नोसिसपछि भनेका थिए- क्यान्सर

स्मितालाई भनेको थिएँ-
राम्रोसँग हेरविचार गर्नु
औषधी नियमित खुवाउनू
नियमित गर्नू किमियो थेरापी
ढाढस दिँदै र हात मिलाउँदै
भनेको थिएँ लाजलाई-
हरेस् नखानू ।

थाहा थियो
एक दिन मर्छ लाज
तर बीचमा भेट्न सकिन
पछुतो लागेको छ
स्मिताको फोनपछि
जसरी लाग्ने गर्छ
आफन्तको मृत्युमा
भेट्न नपाएपछि ।

फोनपछि
हतार-हतार पुगें आर्यघाट
श्रद्धाञ्जली दिन लाजलाई
त्यहाँ सबै उपस्थित थिए
प्रधानमन्त्री, मन्त्री,
नेता, नोकरशाह सबै थिए त्यहाँ
फूलमालाले छोपिएको लास छेउ उभिएर

आँसुको श्रद्धाञ्जली दिएँ मैले
वरिपरि उभिएका नायक
नायक होइनन् जस्ता लागे मलाई
बस्न सकिनँ धेरैबेर

हतार-हतार गए जस्तै
हतार-हतार फर्किएँ म ।

नुहाएर
यति बेला प्रवेश गरेको छु भोजनगृहमा
हेरिरहेछु
खाना पस्कँदै गरेकी पत्नी

र आफैंलाई हेरिरहेछु र सोचिरहेछु
लाज त मरिसकेको छ
सोचिरहेछु
अब अझ कस्तो हुने हो सिंहदरबार ?

०००
शब्दहरूकाे बीचमा (२०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
तुइन

तुइन

डा. अमर गिरी
लय

लय

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x