साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्वानसँगको पुकार …

विधिको शासन खै कता ? स्वेच्छाचारी भए शासक प्रशासकनै सुण्डमुण्ड छन् के कुरा गर्नु खै अब ? शिक्षा,संस्कृति, कला, सभ्यता सारामा चढ्दो विकृति सुविचारका धारले जोगाउनु पर्ने भो संस्कृति ।

Nepal Telecom ad

ई. कुमार खड्का :

पढ्ने, लेख्ने प्रमाणपत्रका मान्छे सार्है विद्वान छन्
डा.इ.प्रो.वकिल, लेखक आचार विचार दिव्य झन्
पेशागत ध्येयभन्दा, पिछ्लग्गु हुनुमै उद्यत,
सेवा चाकरीका तक्मा भिरेर हुन्छन् उनै विद्वत ।१

चम्चे, भाट बन्दै वरिपरि, ङिच्च दाँत देखाउँछन्
फोटो सेसन, विज्ञापनले स्वर्ग जितेझै गर्दछन् ।
छाया पर्दा तिन्कै वरिपरि गौरवशाली सम्झने
झिङ्गा धपाउदै खुसीमा सम्मानितझैं रमाउने ।२

पत्रकार, कलाकार प्रायः चाप्लुसीमै ब्यस्त छन्
झुठकै विज्ञापन असुलीको चिन्ताले छट्पटाउँछन् ।
पढेलेखेका, सुनेबुझेका सन्जालमै रमाउने
फुर्सदमा चुकुल ठोक्न “राष्ट्रिय लजो” समाउने ।।३

दुईचार गन्ति क्यै हातलाग्यो विज्ञ हुँदै रमाउने
अध्ययन र अनुसन्धानको लजो कस्ले समाउने ?
विद्यालय, पुस्तकालय, पार्टी पसलकै प्रणय
समाजको गाँठो कसरी खोल्ने ? कस्ले गर्ने निर्णय ।।?४

विधिको शासन खै कता ? स्वेच्छाचारी भए शासक
प्रशासकनै सुण्डमुण्ड छन् के कुरा गर्नु खै अब ?
शिक्षा,संस्कृति, कला, सभ्यता सारामा चढ्दो विकृति
सुविचारका धारले जोगाउनु पर्ने भो संस्कृति ।।५

०००
आलापोट, काठमाण्डौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x