साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी माहोल

झोलाभरि माछा बोक्ने चढेका छन् माथि देश बोक्ने राष्ट्रप्रेमी कोही छैन साथी । मर्यादित मान्छेलाई लुकाउन थाले हातोबिना जाँतोलाई घुमाउन थाले ॥

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

स्वाभिमानी स्वभावको भेटिएन टौवा
कतै पनि स‌द्भावको देखिएन पौवा ।
प्रभावको हावा चर्को लागेको छ कतै
अभावको सगरमाथा देख्छु जताततै ॥

घातमाथि अन्तर्घात समाजको माझ
राजनीति हिजाडा झै भएको छ आज ।
गठबन्धन गरीगरी दल मासेका छन्
निर्दलीय विचारका नेता हाँसेका छन् ।

योग्यता नै पन्छाएर परिवार खोज्छन्
मतदाता मच्चिएर लौरोलाई रोज्छन् ।
सिद्धान्तका कट्टरले कटहर पाए
नीतिसिति नमान्नेले मतपत्र खाए ॥

राईफाँडाे राजनीति, भद्रगोल भयो
मुलुकको मूलनीति पैसासँगै गयो ।
मूल सङ्लाे नभएर धमिलियो खोला
कार्यकर्ता धमिलोमा थापेका छन् झोला ॥

झोलाभरि माछा बोक्ने चढेका छन् माथि
देश बोक्ने राष्ट्रप्रेमी कोही छैन साथी ।
मर्यादित मान्छेलाई लुकाउन थाले
हातोबिना जाँतोलाई घुमाउन थाले ॥

आएका छन् युवाहरू लौरो देखाउँदै
भ्रष्टाचारी नेताजीको ढाँड सेकाउँदै ।
युवा उठे लौरो पनि जित्न सक्ने भयो
दाईं गर्ने बुढा गोरु टिक्ने दिन गयो ।

हुन थाल्यो लौराको विकास हुने भयो भ्रष्टको विनाश ॥

०००
जहाँ छन् बुद्धका आँखा (दाे.सं. २०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x