साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को देख्छु फेरि

एउटा यमराज सत्ताच्युत, भयो भनेको त दुलाबाट आउन ठीक्क, अर्को देख्छु फेरि ।

Nepal Telecom ad

पदम भण्डारी :

मुख लुकाउन ओढेको त्यो, बर्को देख्छु फेरि
उसकै पछि झोलेहरुको, लर्को देख्छु फेरि ।१।

पौडेल पोखरेल भट्टराई गुरुङ, थिए बिंडो  धान्न
बिंडो धान्न बस्नेत भन्ने, थरको देख्छु फेरि ।२।

ध्वस्त भए संरचना, खरानी भो शहर
ध्वस्त हुने पालो गाउँ, घरको देख्छु फेरि ।३।

क्यै भएको छैन जस्तो, लज्जा बोध छैन
ग्लानी छैन उसकै स्वर, चर्को देख्छु फेरि ।४।

एउटा यमराज सत्ताच्युत, भयो भनेको त
दुलाबाट आउन ठीक्क, अर्को देख्छु फेरि ।५।

०००
चितवन
९८४९८१८८००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x