साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध भए पनि जो जन पूज्य छ

सोच रहोस् अब अग्रज हुन् सब आदरणीय र पूज्य जन भो अति भो अति त्याग गरौँ अब वृद्धहरूतिर दुर्वचन निश्चित फल्छ र फुल्छ धरातिर धार्मिक उन्नत बीज छरी वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।।

Nepal Telecom ad

हाेम सुवेदी :

सार्थक बन्दछ मानवजीवन धीर बनेर सदैव रहे
दुर्लभ बन्दछ मानवजीवन त्यो अझ आदरणीय भए
बाल किशोर युवा गण यो बुझ सड्छ अनाहक जान्छ झरी
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।।१।।

विश्व चराचर सृष्टि अहर्निश लाग्दछ निश्चय कालतिर
शून्य भएपछि ज्ञान र चिन्तन मानव लाग्दछ जालतिर
ठान्दछ मूर्ख स्वयं अजरामर तापनि झर्दछ फूलसरि
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।।२।।

निर्मल निश्चल पूज्य निरन्तर बन्नु छ उत्तम त्याग गरौँ
दान गरे पछि फल्दछ फुल्दछ उम्रन सक्तछ थाेर छरौँ
त्याग र ध्यान भएपछि मानव निश्चित पाउँछ स्वर्नगरी
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।।३।।

ज्येष्ठ यहाँ अपहेलित छन् अति निन्दित छन् अनि दुःखित छन्
कारण छन् अनगन्ती अहर्निष पीडित छन् अझ वञ्चित छन्
दुःखित निन्दित नै रहँदा पनि छन् अति दुर्लभ ईशसरि
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।।४।।

सोच रहोस् अब अग्रज हुन् सब आदरणीय र पूज्य जन
भो अति भो अति त्याग गरौँ अब वृद्धहरूतिर दुर्वचन
निश्चित फल्छ र फुल्छ धरातिर धार्मिक उन्नत बीज छरी
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।।५।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x