साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्काैली सम्पादक नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’

नेपाली साहित्य विशेषत: हास्यव्यङ्ग्य विधाको श्रीवृद्धिमा लामो समयदेखि उल्लेखनीय सेवा गर्दै आउनुभएका लुइँटेललाई सम्मानित गर्ने निर्णय भएकाे जानकारी प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दिनु भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ पुस १३ । नेपाली सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्नुभएका यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ ले हास्यव्यङ्ग्य स्रष्टा नरनाथ लुइँटेललाई सम्मानित गर्ने भएकाे छ ।

नेपाली साहित्य विशेषत: हास्यव्यङ्ग्य विधाको श्रीवृद्धिमा लामो समयदेखि उल्लेखनीय सेवा गर्दै आउनुभएका लुइँटेललाई सम्मानित गर्ने निर्णय भएकाे जानकारी प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दिनु भएकाे हाे ।

भोजपुरमा जन्मिएर हाल काठमाडौं मनपा वडा नं. १४, कलङ्कीमा बस्दै आउनुभएका लुइँटेलले २०५७ सालमा त्रिविविबाट नेपाली विषयमा एमए गर्नुभएको हो र विभिन्न शैक्षिक संस्थामा प्राध्यापन गरि हाल सेवा निवृत हुनुभएकाे छ ।

सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत भएपछि विगत चार वर्षदेखि नेपाली हास्यव्यङ्ग्य साहित्यकाे श्रीवृद्धिका लागि फित्काैली डटकम (हास्यव्यङ्ग्य अनलाइन पत्रिका) काे सञ्चालन एवम् व्यवस्थापन कार्यमा सक्रिय हुनुहुन्छ ।

एक कार्यकाल नेपाल प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञसभा सदस्य रहनुभएका लुइँटेलले तीन दशकदेखि विभिन्न पत्रपत्रिकाको कार्यकारी सम्पादकमा समेत योगदान गर्नुभएको छ । विभिन्न साहित्यिक संस्थाहरूमा संलग्न रही कार्य गर्नुभएका उहाँले हास्यव्यङ्ग्य सम्बन्धी ७ वटा, गैर हास्यव्यङ्ग्यका ५ वटा, गीति‌काव्य, शोककाव्य, समीक्षा लेखन तथा सहलेखनमा झण्डै दुई दर्जन कृतिहरू प्रकाशित गरिसक्नु भएकाे छ ।

लुइँटेलले हास्यव्यङ्ग्य क्षेत्रकाे विशिष्ट मानिने भैरव पुरस्कार, भैरव स्मृति सम्मान, गाेपालराज पन्त स्मृति पुरस्कार लगायत दर्जनभन्दा बढी सम्मान तथा नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

लुइँटेलले प्राप्त गरेका सम्मान एवम् पुरस्कारकाे रकम समेत अक्षयकाेष स्थापना गरि पुरस्कारकाे रकम पुरस्कारमै सदुपयाेग गर्ने उद्धेश्यले फित्काैली मार्फत वर्षेनी हास्यव्यङ्ग्य लेखनमै सक्रिय रहेका ५ जना स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै आउनु भएकाे छ ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको स्रष्टा सम्मान तथा पुरस्कार यस पटक उहाँलाई प्रदान गरिने निर्णय गरिएको छ ।

रु. दश हजार राशिको उक्त पुरस्कार / सम्मान यही २०८२ पौष १९ गते एक समारोहको आयोजना गरी प्रदान गरिने समेत प्रतिष्ठानले जानकारी दिएको छ ।

०००
प्रतिष्ठानका तर्फबाट विजयध्वज थापाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x