साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शाश्वत वृद्ध चिन्तन

पानी पार्न सकिन्न भूमितलमा सामर्थ्य कस्को छ र जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो राेक्न को सक्छ र ?

Nepal Telecom ad

एल पी खनाल :

झुल्कन्छन् रवि नित्य नित्य भवमा पार्दै उज्यालो दिन
चल्दै छन् रथ सूर्यका पल घडी रोक्दै नरोकीकन
सारा कर्म गराउने भुवनमा हुन्छन् स्वयं ईश्वर
जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो रोक्न को सक्छ र ?

झर्छन् पात अनेक वृक्ष वनका बेला हुँदामा सबै
देख्छौँ सर्व नवीन फेरि वनमा निक्ली बढेका खुबै
जाने आउनको विधान गतिमा हुन्छन् उनै ईश्वर
जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो रोक्न को सक्छ र ?

धर्तीमा पनि कम्प हुन्छ कहिले भूगर्भ उद्विग्नमा
ढल्नेछन् घर धेर मन्दिरहरू गर्ल्याम्म भूकम्पमा
पृथ्वी भित्र द्रवित घोलक सदा चल्ने घँचेट्दै चर
जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो रोक्न को सक्छ र ?

आँधी चल्दछ बेग साथ घरका छाना उडाई दिने
ढाल्ने रुख अनेक मार्गतिरका लत्रेर छेकी दिने
टार्ने विघ्न उपाय छैन जगमा विज्ञान के छेक्छ र ?
जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो रोक्न को सक्छ र ?

पानी रोक्न सकिन्न वर्षण हुँदा विज्ञान वा यन्त्रले
के त्यो रोक्न हुनेछ सम्भव कहाँ जादू टुना मन्त्रले
खोला धेर बढी निरन्तर जहाँ बग्नेछ खेती घर
जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो रोक्न को सक्छ र ?

हुन्नन् वर्षण मेघ यो भुवनमा सुक्खा खडेरी परी
खाने अन्न हुँदैन त्यो बखतमा दुर्भिक्षमा क्यै गरी
पानी पार्न सकिन्न भूमितलमा सामर्थ्य कस्को छ र
जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो राेक्न को सक्छ र ?

घट्दै आयु गयो बुढो अब भएँ ढल्क्यो जवानी अब
भन्ने बात नहोस् कदापि मनमा निश्चिन्त बन्नू सब
बन्नै पर्दछ आयु सम्मत सबै दु:खै कहाँ हुन्छ र
जे जे हुन्छ समस्त झन् प्रकृतिमा यो रोक्न को सक्छ र ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो आवश्यकता

हाम्रो आवश्यकता

एल् पी खनाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x