फित्काैली डटकम‘बृहत् हाइकु’ बाचन कार्यक्रम हुने
पेरोल काव्य घर नेपाल काठमाडौंको आयोजनामा विजयादशमी तथा तिहारको शुभकामना आदान प्रदान तथा ‘बृहत् हाइकु’ बाचन कार्यक्रम हुने भएको छ ।

काठमाडाैं, ०८० असाेज २६ । काव्य घर नेपाल मिडिया प्रा.लिको साहित्य विभाग पेरोल काव्य घर नेपाल काठमाडौंको आयोजनामा विजयादशमी तथा तिहारको शुभकामना आदान प्रदान तथा ‘बृहत् हाइकु’ बाचन कार्यक्रम हुने भएको छ ।
विभिन्न भाषाका हाइकु कविहरुले आफ्नो सिर्जना बाचन गर्न पाउँने छन् । विभिन्न जिल्ला र विदेशमा रहनु भएका स्रष्टालाई पनि कार्यक्रममा सहभागी गराउँने योजना रहेको आयोजक संयोजक रेणुका भट्टराईले जानकारी दिनु भएकाे छ ।
उक्त बृहत हाइकु बाचनमा अग्रज, अनुज,र नवप्रतिभा सहितको सहभागिता रहनेछ । आज सम्ममा हाइकु बाचनका लागि सहभागीहरुको नाम टिप्ने सूचना जारी भएको थियो । उत्साह जनक सहभागिता भएको पनि जानकारी भट्टराइले दिनु भएकाे हाे ।
स्मरण रहोस् जापानी साहित्यको कविता हाइकु नेपालमा २०१९ सालमा भित्रिएको हो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































