साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध वयको चिन्तन

पिर किन हुन्छ लौ न अब वृद्ध भएँछु भनी पिर लिन हुन्न यो छ जब शाश्वत हो र पनि निज वयमा ऊ रम्छ अति उत्तम जान सबै तन मन शान्त बन्छ बल हुन्छ र सोख सधैं ।

Nepal Telecom ad

एल् पी खनाल :

अब मनको कुरा मन मनै किन राख्न पर्‍यो
बह छ भने कुनै तब यतातिर बाँड्न पर्‍यो
अनि तनमा यसै सुमन मग्मग बास चलोस्
तब मनमा खुबै ललित झल्मल दीप बलोस् ।१

वय सयमा अझै तन बलिष्ट सुचारु रहोस्
अटल रहोस् विचार शुभ भाव सुरम्य बनोस्
हित उपदेशमा सबल बन्दछ बृद्ध गुरु
युवक सबेरमै गर सुकर्म सुशान्त सुरु ।२

दिन रमणीय होस् मधुर होस् सुख शान्ति मिलोस्
पथ पगमा नहोस् कहर विघ्न कुनै नपरोस्
खुरुखुरु वृद्धले मन दिएर सुकर्म गरून्
नव नवमा सचेत अनि आशिष कोष भरून् ।३

मथन गरेर हुन्छ सुविचार छ मख्खनझैँ
असल प्रयोगले गुणन बन्दछ त्यो सुनझैँ
मनन गरेर वृद्ध जनका गर आदर रे!
हितकर हुन्छ देश र समस्त समाज भरे ।४

पिर किन हुन्छ लौ न अब वृद्ध भएँछु भनी
पिर लिन हुन्न यो छ जब शाश्वत हो र पनि
निज वयमा ऊ रम्छ अति उत्तम जान सबै
तन मन शान्त बन्छ बल हुन्छ र सोख सधैं । ५

०००
कामपा १६, नयाँबजार काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x