साइबर अपराध सम्बन्धी सचेतना सामग्री

३२औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा विविध कार्यक्रम

अध्यक्षता , साहित्य एकाडेमीका सदस्य एवम् साहित्यकार तेजमा बराइलीको प्रमुख आतिथ्य, डा.सुकाई दियाली, पारिजात संघका सचिव प्रमिला सुब्बा, चिमल क्लब परिवारका प्रमुख सल्लाहकार पीएल जोशी, नागरिक मञ्च मिरिकका अध्यक्ष ग्याल्बो लामालगायत...त

Nepal Telecom ad

मिरिक / २० अगष्ट २०२३ अर्थात् ४ भदौ २०८० आइतवारका दिन दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाका स्थापित साहित्य सुनौँ परिवारको आयोजना र कृष्णनगर क्लब मिरिकको सभाहलमा नेपाली भाषा मान्यता दिवस भव्य रूपमा सम्पन्न भएको हो । साहित्य सुनौँ परिवारको मिरिकको अध्यक्ष साहित्यकार राजबहादुर राईको अध्यक्षता , साहित्य एकाडेमीका सदस्य एवम् साहित्यकार तेजमा बराइलीको प्रमुख आतिथ्य, डा.सुकाई दियाली, पारिजात संघका सचिव प्रमिला सुब्बा, चिमल क्लब परिवारका प्रमुख सल्लाहकार पीएल जोशी, नागरिक मञ्च मिरिकका अध्यक्ष ग्याल्बो लामा, मिरिक कलेजका प्रोफेसर डा.आनन्द खड्का, मखमली संघ देवले डाँडाका अध्यक्ष हेम लामा, पानीघट्टा माध्यमिक विद्यालयका प्रभारी सुवास खाती, प्रेमसुन्दर उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक प्रभारी राजेश राई, डीएमडी मृदुल श्रीमानी र सासुप मिरिकका संरक्षक दधिराम घिमिरे आदिको विशिष्ट आतिथ्य र अतिथिहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रममा मञ्चासिन अतिथिहरूलाई खदार्पणसहित स्वागत मन्तव्य र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेपश्चात युवराज भण्डारीद्वारा मन्त्रोच्चारणसहितको दीप प्रज्ज्वलन गरी कार्यक्रमको घुम्टी खोलिएको थियो । यसैबिचमा नेपाली भाषा मान्यता दिवसको सन्दर्भ भएकाले पनि भाषाकै लागि ७ सेप्टेम्बर १९८१ मा दार्जिलिङमा सत्ता पक्षधरबाट प्रहरीको गोलीको निशाना बनेका अमर भाषा संग्रामी/शहीदद्वय कृष्ण सुब्बा र देवराज शर्मा त्यसैगरी सन् १९५६ मा भाषा मान्यता दिवसको माग गर्दैगर्दा पहिलो पटक तत्कालीन भारतको माननीय राष्ट्रपति डा.राजेन्द्रप्रसादलाई स्मारक-पत्र चढाउँने भाषा संग्रामी आनन्दसिँह थापा, भाषाविद् सुनीतिकुमार चटर्जी, विभिन्न राजनीतिक तथा गैरराजनीतिक दलका नेपाली भाषाका संग्रामीहरू आदिका स्मृतिमा करिब दुई मिनटको मौनधारण गरी नेपाली भाषाको लागि त्याग गर्ने शहीदहरूप्रति सम्मान गरिएको थियो ।

त्यसैगरी नेपाली भाषाको व्यापक प्रचारप्रसार गर्न मिरिक क्षेत्रका करिब छ वटा विद्यालयहरूलाई समावेश गरी वाकपटुता प्रतियोगिता पनि राखिएको र यस वर्षको माध्यमिक र उच्चमाद्यमिक परीक्षामा नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कृत गर्ने उद्देश्यले मिरिक क्षेत्रका १६ जना भाषा संग्रामीहरू जसले सन् १९८२ को २ अगष्टमा नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता पाउनुपर्छ भन्ने मागको समर्थनमा सत्याग्रहको भागस्वरूप अनसनमा बसेका व्यक्तिहरूको सम्मान जनाउन आजको कार्यक्रमको खास उद्देश्य रहेको संस्थाकी सचिव शीला लामाले जनाएकी थिइन् ।

मिरिकका ५ वटा विद्यालयले आजको वाकपटुता प्रतियोगितामा सहभागी बनेका थिए भने ’ नेपाली भाषाको महत्व र प्रयोग ’ शीर्षकमा विद्यार्थी नानीहरूले आ- आफ्ना छोटो मन्तव्य पनि राखेका थिए । यस प्रतियोगितामा रवीन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयका छात्रा अपेक्षा क्षेत्री पहिलो, पुटुङ उमाविका छात्रा निकुञ्ज थापा दोस्रो र प्रेसुउमाविका छात्रा रेहना राईले तेस्रो स्थान प्राप्त गरेका जानकारी निणर्ायकद्वय सासुपमिको पक्षबाट गणेश बराइली र डनबसको उमाविका शिक्षिका जमुना गुरुङले दिएका हुन् । यस वर्षको मावि र उमावि परीक्षाको नेपाली विषयमा सर्वोच्च अङ्क ल्याउने मिरिकका छ वटा सरकारी विद्यालयहरू क्रमशः फुवागुडी, रवीन्द्रनाथ, प्रेमसुन्दर, पुटुङ, मिरिक उमावि र थर्बु आदिका नानीहरूलाई सम्मानसहित पुरस्कृत पनि गरिएको थियो भने छ वटा विद्यालयमध्ये पुटुङ उमाविका मिरिक उमाविका परीक्षामा नेपाली विषयमा ९० % अङ्क ल्याउने विद्यार्थीद्वय मेनका तामाङ र आस्था सुब्बासहित रवीन्द्र उमाविका छात्र दिवाकर शर्मा आदिलाई सम्मान गरिएको थियो । उक्त पुरस्कार सासुप मिरिकका प्रचारप्रसार समिति सदस्य सचिव सुकबहादुर गजमेरले आफ्नी धर्मपत्नी सरिता गजमेरको स्मृतिमा सासुप मिरिकमार्फत हस्तान्तरण गरेका थिए ।

त्यसै गरी २ अक्टोबर सन् १९८२ मा नेपाली भाषाको मान्यताको निम्ति मिरिकमा अनसन बस्ने १६ जना भाषा संग्रामीहरूमध्ये पाँच जना क्रमशः मफजूलहक माधव बुढाथोकी, एसबी गजमेर , शान्ति तोलाङ्गी र सरोज नेम्बाङलाई सशरीर सम्मान जनाइएको थियो । त्यै गरी रामचन्द्र तामाङ, रणबहादुर तामाङ, बुद्धिमान गुरुङ, मनबहादुर जिम्बा, चन्द्रविकास राई , डीबी लकाई, प्रमिला सुब्बा, दसरथ सुब्बा , डीबी दाहाल, धनवीर पुरी र शङ्करप्रसादलाई भने मरणोप्रान्त सम्मान जनाइएको थियो । ती दिनको सम्झना दिलाउँदै माधव बुढाथोकीले सासुपमिलाई आभार व्यक्त गरेका थिए ।

मन्तव्यको क्रममा नेपाली भाषाको आन्दोलनको संक्षिप्त विवरण आजका प्रमुख अतिथि तेजमा बराइलीले गरेका थिए भने विशिष्ट अतिथि सुकराज दियालीद्वारा नेपाली भाषाको अधिकार प्राप्ती, संविधान, भाषाको सुविधा , राजनीतिक नेतृत्व पक्षको भाषाप्रतिको दायित्व आदि बारे बोलेका थिए । त्यसै गरी वाईएन ढकालद्वारा डा. सुकराज दियालीको परिचय प्रस्तुत गरेका थिए साथै प्रमुख अतिथि, विशिष्ट अतिथि, आजका वाकपटुताका निणर्ायकद्वय आदिलाई स- सम्मान स्मृति चिन्ह प्रदान गरिएको थियो । ३२ औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा सुनीति खातीले नेपाली गीत र सञ्चिता तामाङ र कर्ण लामाले कविता वाचन गरेका थिए । यस्तो भव्य र सभ्य कार्यक्रमको हरेक क्षेत्रमा नेपाली भाषाको प्रयोग र भाषाविज्ञानको इतिहाससमेत अध्ययन गर्नुपर्ने कुरालाई जोड दिँदै आगामी दिनमा भाषाआन्दोलनको लागि मरिमेट्ने भाषाप्रेमीहरूलाई खोजीखोजी सम्मान गर्ने र मिरिक क्षेत्रका सबै विद्यालयमा साहित्यिक कार्यक्रमको आयोजनालाई तीब्र बनाउने प्रतिबद्धतासमेत आजका अध्यक्ष साहित्यकार राजबहादुर राईले बताएका थिए ।

संस्थाका सह-सचिव अमर दुङ्मालीको स्वागत मन्तव्य र सचिव शीला लामाको औचित्यमाथि प्रकाश रहेको कार्यक्रमको सहजीकरणत्रय दीप प्रधान, अजम प्रधान र केसाङ लामाले गरिएको कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।

०००
– फित्कौलीको लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x