साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खिचडीझैँ भयो हाम्रो जीवन पद्धति

चक्रव्यूह रचेका छन् अभिमन्यू फँसाउन । खिन्नता छ यता हेर्दा उत्तराको सदा मन । रोक्दैनन् भीष्मले केही आफन्तकाे अधोगति । खिचडीझैँ भयो हाम्रो सारा जीवन पद्धति ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सोपान चड्न पाएमा मान्छे नित्य रमाउँछ ।
सत्यलाई पछारेर असत्य गीत गाउँछ ॥
लोक संस्कार छाडेर चाहना छ समुन्नति ।
खिचडीझैँ भयो हाम्रो सारा जीवन पद्धति ॥

ठुला माछा रमाएका जहिल्यै छन् तलाउमा ।
भुरा समस्त अल्झिन्छन् चारो देखेर जालमा ॥
धर्मराज हुँदा अन्धा मैलिँयो न्यायको गति ।
खिचडीझैँ भयो हाम्रो सारा जीवन पद्धति ॥

शकुनि छल बोकेर नगरी कान्तिपुरमा
भाइबन्धु लडाएर हिँडेका छन् तमाममा
द्रोणाचार्य त्यतै लाग्छन् देखिएन सफा मति
खिचडीझैँ भयो हाम्रो सारा जीवन पद्धति ॥

चीत्कार द्रौपदी गर्दा समाज मूकदर्शक ।
कसरी हात पार्ने हो भन्छन् पाण्डवले हक ॥
ठानेको कृष्णको रूप दुर्योधन हुँदा मति ।
खिचडीझैँ भयो हाम्रो सारा जीवन पद्धति ॥

भित्र भित्र मडारिन्छन् धृतराष्ट निरन्तर ।
गान्धारीका प्रतिज्ञाले कुनै अड्चन रोक्छ र ?
देखेको तथ्य बोल्दैनन् गयो सञ्जयको गति ।
खिचडीझैँ भयो हाम्रो सारा जीवन पद्धति ॥

चक्रव्यूह रचेका छन् अभिमन्यू फँसाउन ।
खिन्नता छ यता हेर्दा उत्तराको सदा मन ।
रोक्दैनन् भीष्मले केही आफन्तकाे अधोगति
खिचडीझैँ भयो हाम्रो सारा जीवन पद्धति ॥

०००
२०८०/५/१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x