साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

पातमाथि फूल्ने फूलको, जात धेरै हुँदा रैछन् आज एउटा भोलि अर्को, बात धेरै हुँदा रैछन् सर्वहारा भन्दा पनि सरमहारा बढ्दै गएसी देखाउने भन्दा यहाँ लुकाउने हात धेरै हुँदा रैछन् ।

Nepal Telecom ad

अञ्जु शर्मा :

१.
सिंहदरबारमा बाघधारी बिराला कराउँदा रहेछन्
बालुवाटारमा हुँडार र स्याल कराउँदा रहेछन्
के को हल्ला रहेछ भनी जनताले कान ठाडा पार्दा ?
एयरपोर्टमा भित्रिएको सुन बाँड्ने मन्त्र सुनाउँदा रहेछन् ।

२.
सरकारमा पुग्नेहरू कहिले हिमाल बढाउँछन्
कहिले देशको नक्सामा भूगोल बढाउँछन्
बढाउने खेल पनि बिचित्रकै पो छ !!
आम्दानी भन्दा कयौं गुना ऋण बढाउँछन् ।

३.
सदनमा कुटाकुट भट्टीमा, पेगसंग खसीको साँप्रो
छैला, कचिला र भुटनसँग, खल्पी हालेको काँक्रो
भुईंमा म्यारिज, हातमा टनेला बजाएर बाह्र
बजेट त आउनै हुन्न, झगडाले फुलाउँछन घोक्रो ।


पातमाथि फूल्ने फूलको, जात धेरै हुँदा रैछन्
आज एउटा भोलि अर्को, बात धेरै हुँदा रैछन्
सर्वहारा भन्दा पनि सरमहारा बढ्दै गएसी
देखाउने भन्दा यहाँ लुकाउने हात धेरै हुँदा रैछन् ।

०००
रातो पुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x