साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १५२ औँ आख्यानवाचन कार्यक्रम

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यो कार्यक्रममा वरिष्ठ गजलकार रामबहादुर पहाडी प्रमुख अतिथि हुनुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० भदौ १६ । सुरभि साहित्य प्रतिष्ठानको १५२ औँ आख्यानवाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यो कार्यक्रममा वरिष्ठ गजलकार रामबहादुर पहाडी प्रमुख अतिथि हुनुभएको थियो ।

अतिथिहरुमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, डा. कृष्ण सुवेदी, १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल, अच्युतप्रसाद चालिसे, वसन्त रिजाल र उद्धव रायमाझी हुनुहुन्थ्यो ।

प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यक्रममा रामकुमार पण्डित क्षेत्री, शारदा पराजुली, रामचन्द्र खतिवडा, पवित्रा पौड्याल, अच्युतप्रसाद चालिसे, रमेश भट्टराई पुजारी, डा. कृष्ण सुवेदी, मन्दिरा मधुश्री, ऋचा, भवानी अर्याल, गोविन्द घिमिरे वेदमणिले कथा वाचन गर्नुभएको थियो ।

दिउँसो १ बजे सुरु भएको यो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।

०००
– परशुराम पराजुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x