साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको १२७ औँ श्रृङ्खला सम्पन्न

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीको उपस्थितिमा भव्यरूपमा सम्पन्न भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८० भदौ १६ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२७ औँ नियमित प्रविधिमैत्री शृङ्खला राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जयन्ती विशेष कविगोष्ठी सम्मपन्न भएको छ ।

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीको उपस्थितिमा भव्यरूपमा सम्पन्न भएको हो ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, रागविराग, लोकछन्द कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरिएका थिए । देशभक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिक विकृतिबिरुद्ध प्रहार गरिएका रचना भए । कार्यक्रममा युवाकवि मोतीराम भट्टका सिर्जना पनि वाचन गरिए ।

सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, हरि खनाल, गङ्गा लिगल, खोलाघरे साहिँलो, दुष्यन्त भट्टराई, जगदीश्वर पोखरेल, सूर्यकुमार पण्डित, टेकबहादुर लौडारी, उत्तम भेटुवाल र गोमविक्रम थापा हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित जितालीले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नु भयो । कविगोष्ठीमा आफ्नो रचना वाचन गरेर भाग्न हुँदैन । अनावश्यक कुरा गरेर समय नष्ट गर्न हुँदैन । समयको महत्त्व बुझ्न सक्नु पर्दछ भन्नु भयो । युवाकवि मोतीरामले साहित्यमा गर्नु भएको योगदानको चर्चा गर्नु भयो ।

समीक्षक वरिष्ठकवि पुरुषोत्तम सिग्देलज्यूले सिर्जनामा भएका गुण र दोष केलाएर समीक्षा गर्नु भएको थियो । अध्यक्ष भुवनहरि सिग्देलले कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनुपर्छ भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो । उपाध्यक्ष जगदीश्वर पोखरेललेले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x