साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रमाेद सारंगलाई याे वर्षकाे माेती पुरस्कार

व​रिष्ठ​ भाषाविद् त​था साहित्य​कार प्रा.डा.माध​व​प्र​साद पोख​रेल​को संयोज​कत्व​मा ग​ठित मूल्याङ्कन स​मितिको सिफारिसअनुसार वि. सं. २०८० को युवाव​र्ष मोती पुर​स्कार सारंग​लाई प्र​दान ग​र्ने निर्णय​ ग​रेको हो ।

Nepal Telecom ad

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली भाषा- साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएबापत यस वर्षको ‘युवावर्ष मोती पुरस्कार-२०८०’ कवि, गीत​कार एव​म् अनुवाद​क प्र​मोद सारंगलाई प्र​दान ग​रिने भ​एको छ।

व​रिष्ठ​ भाषाविद् त​था साहित्य​कार प्रा.डा.माध​व​प्र​साद पोख​रेल​को संयोज​कत्व​मा ग​ठित मूल्याङ्कन स​मितिको सिफारिसअनुसार वि. सं. २०८० को युवाव​र्ष मोती पुर​स्कार सारंग​लाई प्र​दान ग​र्ने निर्णय​ ग​रेको हो ।

उक्त​ पुर​कार​को राशि ४००००/-(चालिस​ ह​जार​) न​ग​द​, स्व​र्ण​ प​द​क र प्र​माण -प​त्र​ र​हेको छ । राष्ट्रिय​ युवा कोषबाट​ नेपाली भाषासाहित्यको उत्थान र श्रीवृद्धिका लागि विविध गतिविधि सञ्चालन गरी प्रशंसनीय योगदान दिएबापत चालिस व​र्ष न​नाघेका स्र​ष्टालाई प्र​दान ग​रिने सो पुर​स्कार​ राष्ट्रिय​ विभूति मोतीराम भ​ट्ट​को ज​न्म​ज​य​न्तीको अव​स​र​मा अर्प​ण ग​रिन्छ । मोती पुरस्कारको स्थापना वि. सं. २०४२ भ​एको थियो ।

मोती पुर​स्कार सर्वप्रथम पाउने व्यक्ति दैवज्ञराज न्यौपाने हुन् । मूल​तः कविता, गीत​सं गीत त​था अनुवाद​ साहित्य​मा कल​म च​लाउने प्र​मोद सारंगका कृतिह​रूमा अप्रिल फुल बाँचिरहेछ देश ( कवितास​ङ्ग्र​ह​, २०६९), आवाज र आवाजहरू (मुक्तकस​ङ्ग्र​ह​ , २०७४), कोरियन र नेपाली कविहरूका कविता कन्सर्ट ,स्मारिका ( कवितास​ङ्ग्र​ह​ अनुवाद ,२०७४), काफिया (गजल एल्बम ,२०७५), अनूदित आँखाहरू( हाइकुस​ङ्ग्र​ह​ २०७६), अज​य​तृप्ति ( कवितास​ङ्ग्र​ह​, २०७७) अस​र्फी (हाइकुस​ङ्ग्र​ह​ ,२०७९ ) र​हेका छन् भ​ने कोरियामा अनेक डायस्पोरा (सम्पादन,२०७६) अन्तरदृष्टि (सम्पादन ,२०७५-२०७७) र​हेका छन् ।

त्य​सैग​री, पुर​स्कारह​रूमा भानु ज​य​न्ती खुला कविता प्र​तियोगिता, प्र​थ​म पुर​स्कार, (बारा, २०५४) जिल्लाव्यापी खुला कविता प्रतियोगिता प्रथम पुरस्कार ,(बारा, २०५६), अञ्चल स्तरीय कविता पुरस्कार, तृतीय पुर​स्कार,( म​कवान​पुर ,२०५७), स्थितिगद्ध्यात्मक (Stato Dynamic) खुला कविता म​होत्स​व, प्रथम पुरस्कार, स्व​र्ण​प​द​क, (काठमाडौँ , २०६२) , प्र​वासी गाय​न प्र​तियोगिता (प्र​थ​म पुर​स्कार), (कोरिया, २००८), अनेसास कोरिया कविता पुरस्कार, ( कोरिया, २०७४ ) अनेसास उत्कृष्ट च्याप्ट​र पुर​स्कार ( केन्द्र​, २०७९), न​इ कीर्तिर​त्न अलङ्कार विभूष​ण (काठ​माडाैँ,२०८०) र​हेका छ​न् । साथै, सम्मानह​रूमा भानु द्विशतवार्षिकी सम्मान ,स्व​र्ण​प​द​क, (नेपाल सरकार, २०७२), काव्य​-सुधा कविता स​म्मान​, (कोरिया, २०७३), काव्य​- सुधा मुक्त​क स​म्मान , (कोरिया -२०७४ ), नेसास कोरिया साहित्य सम्मान, (कोरिया,२०७५), गोर्खाली रेडियो सम्मान, कोरिया (०७६), अनेसास​ ग​ण्ड​की स​म्मान- पोख​रा, २०७८) , न​ग​र स​म्मान, बारा (२०७८), अनेसास स​म्मान (कोरिया,२०७९) लगायत अन्य पदक, सम्मान र पुरस्कार र​हेका छ​न् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x