साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

मलाई पनि मेरै देशको मन्त्री बन्न मन छ सुइयँ जाने फराकिलो बाटो खन्न मन छ देशमा बसी विदेशीको कुरा मान्नेहरूको त एक एक गरी छामी छामी करङ गन्न मन छ ।

Nepal Telecom ad

बाबुराम पोखरेल :


पैले पैले खलाँसीले दाइ भन्यो, अलि पर सरिदिएँ
अलिपछि काका भन्यो, सहेँ, चुपै लागि झरिदिएँ
हिजो मात्र के देखेछ ? बस्नुस् हजुरबुवा भन्यो
रिसको पारो यत्ति चढ्यो, झन्नै दारा छरिदिएँ ।

२.
दर्शकहरुको लर्को वारि अनि पारि रहेछ
सृङ्गारमा सजिएकी परीको सवारी रहेछ
सारा दर्शकहरु ढल्दा एउटा जवानलाई केही भएन
आखिर हेर्नुस्, ऊ त सच्चा ब्रह्मचारी रहेछ ।


नाकमा के झिँगो बसेथ्यो, हतारिएर गइछ
मलाई चाहिँ यता असैह्य पीडा दिएर गइछ
प्रेमपूर्वक उसलाई मैले मुटुमा राखेको थिएँ
आफू बसेकै ठाउँसँगै उसले लिएर गइछ ।


मलाई पनि मेरै देशको मन्त्री बन्न मन छ
सुइयँ जाने फराकिलो बाटो खन्न मन छ
देशमा बसी विदेशीको कुरा मान्नेहरूको त
एक एक गरी छामी छामी करङ गन्न मन छ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाईजात्रे ठोक्तक

गाईजात्रे ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x