साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीरेन्द्र बहुमुखी क्याम्पसमा खुल्ला कविता प्रतियोगिता

सर्कलले इमेलमार्फत् कविता आव्हान गरेकोमा १५ जना सहभागीले उपस्थिति जनाएका थिए । उक्त प्रतियोगितामा 'के चाहियो हामीलाई ?' शीर्षकमा कविता लेखेका केबराज थापा क्षेत्री प्रथम भएका थिए ।

Nepal Telecom ad

भरतपुर, ०८० भदौ १७ । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा अध्ययनरत विद्यार्थीहरुको समूह ‘वी.एम्.सी. एकाडेमिक सर्कल’ले उक्त क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुका माझमा खुल्ला कविता प्रतियोगिता सञ्चालन गर्यो ।

सर्कलले इमेलमार्फत् कविता आव्हान गरेकोमा १५ जना सहभागीले उपस्थिति जनाएका थिए । उक्त प्रतियोगितामा ‘के चाहियो हामीलाई ?’ शीर्षकमा कविता लेखेका केबराज थापा क्षेत्री प्रथम भएका थिए भने ‘विचरा कुर्सी’ शीर्षकमा कविता सुनाएकी सिर्जना पौडेल द्वितीय भएकी थिइन् ।

त्यस्तै ‘म शिक्षित अनपढ’ शीर्षकमा कविता सुनाएका ध्रुव सञ्ज्याल तृतीय भएका थिए ।

उक्त प्रतियोगितामा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल थिए भने निर्णायकहरुमा उपप्राध्यापक रमेश प्रभात र प्रभा मरहट्ठा बसेका थिए ।

कार्यक्रमको सभापतित्व सर्कलका अध्यक्ष विनोद सुवेदीले गरेका थिए भने सञ्चालन सचिव विक्रम न्यौपानेले गरेका थिए । क्याम्पसको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको व्यापक सहभागिता थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x