साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरी र छैंटी

‘दाउरा छैनन् ऐंजेरू बाल्दैनन्, छोरा छैनन् छोरीले पाल्दैनन्’ भन्ने पुरातन लोकमान्यताले ग्रसित अवस्थाबाट समाज धेरै अघि बढिसकेको छ ।

Nepal Telecom ad

खेमराज शर्मा :

केही वर्ष अघिसम्म छोरीको जन्मलाई अभिशापको रुपमा हेर्ने गरिन्थ्यो । छोरा जन्मिएका बाआमा र घरपरिवारको सेखी र सान बेग्लै हुन्थ्यो । तर छोरी जन्मिएका परिवारको नूर गिरेको देखिन्थ्यो । छोरा जन्मिएमा छैँटौं दिनमा छैँटीको आयोजना गरी भोजभतेर सहित नाचगान गरिन्थ्यो । यता छोरी जन्मिएको घरमा भने अँधेरो र एक किसिमको रुवाबासी । छोरा जन्मने बित्तिकै बाउले पाती लगाइपाउँथ्यो भने सुत्केरी आमाको खानपानमा समेत् बढोत्तरी हुन्थ्यो ।

‘छोरी जन्मे दिशा उज्यालो र छोरा जन्मे यसलोक र परलोक उज्यालो’ भन्ने मान्यता थियो । ’जस्का छोरा उसको धन’ छोरा नहुने घरमा धन पस्दैनथ्यो । छोरी जातिलाई आय आर्जनको अवसर, शिक्षा र ज्ञानबाट पनि विमुख पारिएको थियो । छोरीलाई हुर्काएर धन दौलत र दाइजो सहित पराइ घरमा पठाउनु पर्ने भएकाले- ‘छोरी जन्मे पुर्पुरामा हात छोरा जन्मे मासु भात’ पनि भन्ने गरिन्थ्यो ।

तर आज जमाना फेरिइसकेको छ । ‘छोरा छोरी बराबरी’ भन्ने राष्ट्रिय नीतिले समाजको मनोविज्ञानलाई परिवर्तन गरिसकेको छ । साँच्चिकै भन्ने हो भने छोरा भन्दा अझ छोरीहरू बाउआमाप्रति बढी जिम्मेवार उनीहरूको पीडामा संवेदनशील देखिएका छन् ।

‘दाउरा छैनन् ऐंजेरू बाल्दैनन्, छोरा छैनन् छोरीले पाल्दैनन्’ भन्ने पुरातन लोकमान्यताले ग्रसित अवस्थाबाट समाज धेरै अघि बढिसकेको छ । आज छोरी मात्र हुने परिवारलाई कतैबाट हेपिन्न र समाज र कानुनले त्यस्तो परिवारलाई “अपुताली गएको” भनेर परिभाषित गर्न पनि छोडिसकेको छ । हुन त अझै पनि गाउँसमाजमा शिक्षा र चेतनाका कारणले केही मानिसमा यस्ता कुविचारहरू पनि देख्न सकिन्छ ।

मेरी नातिनी ! आज तिम्रो छैँटीको दिन । आजको रातमा भावी आएर निधारमा भाग्य लेखेर कसैले नदेख्ने गरी सुटुक्क जान्छ पनि भन्ने गरिन्छ । आजका दिन रातभर सुत्केरीको कोठामा बत्ती बाल्ने गरिन्छ र भावीले लेखोस् भनेर खाली कागज र कलम राख्ने गरिन्छ । म त्यस्तो मान्यता राख्दिनँ छोरी । तिम्रो जन्मले हाम्रो परिवार खुसीले गदगद छ । कुनै किसिमको लैङ्गिक विभेदको व्यवहार हुने छैन हामीबाट । तिमीलाई एक असल छोरी बनाएर यो देशलाई अर्पण गर्ने उद्देश्य छ हाम्रो ।

छोरी ! तिम्रो लागि मैले नयाँ कापी र कलम छुट्याएको छु, तिमी ठुली भएपछि त्यसैमा आफ्नो भविष्य आफै लेखौली भनेर । तिम्रो भाग्य लेख्ने कुनै तत्व छ भने त्यो हामी अभिभावक हौँ । हामी तिमीलाई सुन्दर वातावरण र असल संस्कार दिने कोसिस गर्नेछौँ । भौतिक रुपले गरिब भएपनि नैतिक र बौद्धिक रुपले साह्रै गरिब भएजस्तो लाग्दैन ।

छोरी ! तिमी अलि ठुली भएपछि आफ्नो बाजेले पुरा गर्न नसकेको यात्रामा लाग्नेछ्यौ र देश र समाजलाई उठाउने खालको साहित्य सिर्जना गर्नेछ्यौ भन्ने आशा गर्दै तिम्रो स्वागत गर्दछु र आसिक पनि दिन्छु ।

उही तिम्रो हजुरबा

०००
असार ६, रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तुइन

तुइन

खेमराज शर्मा
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x