साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाश्रमबाट आमाको चिठी

टिपेर थोपा लाखको मुठो पटुकी कसेर । यो लिन आऊ आमाको माया ‘यसलाई’ संझेर ॥ आमाको माया त दायाँबायाँ न गर्ने रहेछ । माथिको गरी तल्लोमा झरी न मर्ने रहेछ ॥

Nepal Telecom ad

खेमराज शर्मा :

हे मेरा छोरा मुटुका तारा संझना खानी हौ ।
चस्कन्छ छाती आज नजाती आँखाका पानी हौ ॥
संझन्छु ऐले दस् वर्ष पैले ह्याँ ल्याई फालेको ।
क्या राम्रो काम यो तीर्थ धाम धुप् बत्ती बालेको ॥

चंकिलो कति श्रद्धाको ज्योति छ प्रेम अपार ।
दाताको आस वृद्धको बास उज्यालो विहार ॥
दयालु हात लिएर साथ हजार आउँछन् ।
के खाऊँ लाऊँ क्यै छैन चिन्ता बजार ल्याउँछन् ॥

दयालु हात मायालु बात आएर मुसार्छन् ।
जीवित हाम्रा यी देवदेवी श्रद्धाले स्याहार्छन् ॥
संझेर आमा हजार छोरा वर्षमा आउँछन् ।
नाना र खाना दिएर दाना आसिक पाउँछन् ॥

दस् वर्ष भयो यति दिन् गयो पाउँदिन खबर ।
मायाले राती चिमोट्छ छाती आमाको संसार ॥
त्यो मेरो नाति समाई छाती मैसित सुत्दथ्यो ।
मसित खान्थ्यो मसितै जान्थ्यो मायाले रुझ्दथ्यो ॥

नातिनी सानी आँखाकी नानी ऊ थाहा पान्नथी ।
भर्खर पास्नी भएको थियो आ भन्दा आन्न थी ॥
म साथै जान्छु तिर्थ पो लान्छु भनेर ल्याएका ।
छन् सय मन्दिर यो पुण्य धाम बुझेरै ल्याएका ॥

टिपेर थोपा लाखको मुठो पटुकी कसेर ।
यो लिन आऊ आमाको माया ‘यसलाई’ संझेर ॥
आमाको माया त दायाँबायाँ न गर्ने रहेछ ।
माथिको गरी तल्लोमा झरी न मर्ने रहेछ ॥

दैनिक आसिक् म दिन्छु छोरा भेट्न न आए नि ।
बिसन्चो सन्चो घरको हाल खबर् न पाए नि ॥

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तुइन

तुइन

खेमराज शर्मा
छोरी र छैंटी

छोरी र छैंटी

खेमराज शर्मा
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x