साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ ठोक्तके गीत

बालवृद्धहरूको देश बनाउने अरे बसिखाने समृद्ध भेष भनाउने अरे अनि कसले बिरोधमा बोल्न सक्छ यहाँ फेरि पनि उनैलाई छनाउने अरे ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१. पाउनु पर्छ
सुन साथी मनका कुरा खोल्न पाउनु पर्छ
आफ्नो आफ्नो अधिकार बोल्न पाउनु पर्छ
मैले पनि साँचा कुरा भन्न पाउनु पर्छ
तपाईंले नि कान थापी सुन्न पाउनु पर्छ

होइन भने ल्यायौँ किन प्यारो लोकतन्त्र
जल्दाबल्दा कुराहरू गर्न पाउनु पर्छ ।

२.यसो भन्छन्
सिंहदरबार मालामाल छ पस्न पाऊँ भन्छन्
अग्लो कुर्सी घुमाएर बस्न पाऊँं भन्छन्
सकेसम्म बसिन्छ नि होइन आलोपालो
प्यारो कुर्सी नितम्बमै कस्न पाऊँ भन्छन्

यसकै लागि ल्याएको रे प्यारो लोकतन्त्र
आफूलाई मनलागेको गर्न पाऊँ भन्छन् ।

३. योजना
चिल्लाओठे राष्ट्रवाद खुवै गाउनु पर्ला
भिआइपी हुँ कडा स्वरले मुख बाउनु पर्ला
बैसाखीका भरमा पनि दौड जितेकै छ
आइपरे उत्तरदक्षिण तिरै धाउनु पर्ला

होइनभने लोकतन्त्र ल्याको अर्थ के भो
चुनाउका गौँडागल्फा बनाउनु पर्ला ।

४. यसो भन्छन्
युवा जति बिदेशतिरै जाक्नै पर्छ भन्छन्
रेमिट्यान्सले अर्थतन्त्र हाँक्नै पर्छ भन्छन्
बारीखेत बांँझिएर के जान्छ र उनको
कमिसनका आलुप्याज पाक्नै पर्छ भन्छन्

होइनभने आयो यहाँ कस्तो लोकतन्त्र
आफूलाई मन लागेको गर्नै पर्छ भन्छन् ।

५.त्यसो अरे
बालवृद्धहरूको देश बनाउने अरे
बसिखाने समृद्ध भेष भनाउने अरे
अनि कसले बिरोधमा बोल्न सक्छ यहाँ
फेरि पनि उनैलाई छनाउने अरे

होइनभने अर्थै हुन्न लोकतन्त्र ल्याको
उनैलाई मन लागेझैँ गराउने अरे ॥

६. अत्याचार
बुझ साथी घरभित्रकै समाचार हो यो
बडा आद्मी सज्जनको सदाचार हो यो
जस्तो देखेँ बुझेँ आज त्यही लेखिराछु
हजुरका लागि खाटी पत्राचार हो यो ।

हामीले नै लडी लडी ल्यायौँ लोकतन्त्र
शहिदका खूनमाथि अत्याचार हो यो ।

०००
इटहरी-५, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x