साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुइन

हाम्रा शासकको निर्धो लाचारीपनले गरी छिमेकी दम्भले थिच्छ हामीलाई घरीघरी ॥ चुँडाल्नु पर्छ है हामी असमान कुरा जति । कुहिनो निल्छ पापीले औंलो चुस्न दिएपछि ॥

Nepal Telecom ad

खेमराज शर्मा :

डोरी तुइनको छिन्दा टुक्रिन्छन् भावनाहरु ।
भत्कन्छन् मित्रता गारा ढल्दछन् भावका तरु ॥
महाकाली बनी छाती उर्लन्छ क्रोधले कति !
सक्ला र दुष्टले छिन्न ? ‘काली’भै बाटिएपछि ॥

चुँडाली भावको डोरी हानी अक्करमा कति !
के गर्छस् दम्भ ए लण्ठू ! मोटो छु म खुबै भनी ॥
तँ खुसी हुनकालागि म मरी दिनु पर्छ रे ।
उर्लँदो भेलका बीच म झरी दिनु पर्छ रे !

हात्तीको चिन्तनै बोकी कतिसम्म रमाउने !
ज्युँदो छ कमिलो बुझ्नु पापी नाक समाउने ॥
अहंकार कती गर्छस् भुँडी ठुलो भयो भनी ।
आयु भकुण्डको घट्छ धेरै ठुलो भएपनि ॥

हाम्रा शासकको निर्धो लाचारीपनले गरी
छिमेकी दम्भले थिच्छ हामीलाई घरीघरी ॥
चुँडाल्नु पर्छ है हामी असमान कुरा जति ।
कुहिनो निल्छ पापीले औंलो चुस्न दिएपछि ॥

स्वाभिमान सरी हुन्न छातीको पनि धड्कन ।
सकिन्छ सहन सप्पै ,सकिन्न अपमान त ॥
चुँडालौँ झेलको नाता चुँडालौँ दम्भको रसी ।
आधापेट बरु खाऔँ, नझुकौँ पाउमा पसी ॥

०००
सुनिलस्मृति गा पा १, घोडागाउँ, रोल्पा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोरी र छैंटी

छोरी र छैंटी

खेमराज शर्मा
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x