साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा बा

अहिले बुबाले हामीलाई छोडेर गइसक्नु भएको छ परलोकमा समाहित भइसक्नु भएको छ जतिबेला समस्या र दुःखले चारैतिर घेर्छ उहाँको स्मृतिले मानसपटलमा बेर्छ अभिभावकीय यादले हृदय छुन्छ भावविह्वल भएर मन रून्छ

Nepal Telecom ad

राजकुमार लामिछाने :

आमाका पति
मेरा सृष्टिकर्ता परमेश्वर
मामाका भिनाजु
मामाघरका हजुर बा र हजुर आमाका ज्वाईं
सानामा मलाई खाइरहनु हुने म्वाईं
मेरा बा
चित्रे गोठमा बस्नु हुन्थ्यो
कम्मरमा पटुका कस्नु हुन्थ्यो
कछाड लाउनु हुन्थ्यो
लेक बेशी धाउनु हुन्थ्यो

दाउरा चिर्नु हुन्थ्यो
खुर्पेढ्याक भिर्नु हुन्थ्यो
गाईभैंसी पाल्नु हुन्थ्यो
भकारो, फाल्नु हुन्थ्यो
काँचै अन्न पनि टोक्नु हुन्थ्यो
मुरीको धोक्रो बोक्नु हुन्थ्यो

डोकोमा पानीको गाग्री
त्यसमाथि लत्ताकपडाका सामग्री
काँधमा हामीलाई बोकेर
नाङ्गै कुर्कुचा ठोकेर
पसिना तरतरी झार्नु हुन्थ्यो
अनुहार रातोपिरो पार्नु हुन्थ्यो

कुलोमा दुलो पारेर
खेतमा पानी चोर्नेहरूका
टाउको फोर्नु हुन्थ्यो
छ वटी रोपारले रोप्ने
कोदो रोपाइँको मेलो
मेरा बा एक्लै सोर्नु हुन्थ्यो

हामी हाँस्दा
बुबाका मुहारमा
चमक आउँथ्यो
हामी रूँदा
उहाँका अनुहारमा
कालो बादल छाउँथ्यो

आफू भोको बसेर
बुबाले हाम्रा आङ टाल्नु भो
आफू अनपढ रहेर
हाम्रा चेतनामा
शिक्षाको दिप बाल्नु भो
सधैं आफूलाई सत्कर्ममा अर्पण गर्नु भो
सन्तानको सुखका लागि
साह्रा जीवन समर्पण गर्नु भो

हामीलाई आशिर्वाद दिँदै
बा भन्नु हुन्थ्यो –
सधैं सत्कर्ममा ध्यान दिनू
असल व्यक्तिबाट ज्ञान लिनू
सोझा र असहायलाई माया गर्नू
गुणी मान्छेलाई आँखा नतर्नु
खराब चिजको संगत नगर्नू
राम्रा कुराहरूले मस्तिष्क भर्नू

अहिले बुबाले
हामीलाई छोडेर गइसक्नु भएको छ
परलोकमा समाहित भइसक्नु भएको छ
जतिबेला समस्या र दुःखले चारैतिर घेर्छ
उहाँको स्मृतिले मानसपटलमा बेर्छ
अभिभावकीय यादले हृदय छुन्छ
भावविह्वल भएर मन रून्छ
सृष्टिकर्ताको सेवामा कतै चुकियो कि
ठूलो पश्चाताप हुन्छ
अनि बारम्बार आइरहन्छ याद
असल मान्छे बनेस् बाबु भनेर
बुबाले दिने गरेका आशिर्वाद ।
इति

०००
हेटौंडा, मकवानपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
0
Would love your thoughts, please comment.x
()
x