साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राज्ञ कार्कीक‍ो ‘देवरात’ महाकाव्यको विमोचन तथा विमर्श

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरात महाकाव्यको विमोचन गर्दै देवरात महाकाव्यले साहित्यिक क्षेत्रमा नेपालगन्जको इज्जत बढेको बताए ।

Nepal Telecom ad

१५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य ‘देवरात’को विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरात महाकाव्यको विमोचन गर्दै देवरात महाकाव्यले साहित्यिक क्षेत्रमा नेपालगन्जको इज्जत बढेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले प्राज्ञ शशिराम कार्कीले पछिल्लो समयमा नेपाली साहित्यमा पुराएको योगदान महत्त्वपूर्ण रहेको बताए ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकालले शशिराम कार्कीले छोटो समयमा नेपाली साहित्यमा कथा, कविता, उपन्यास हुँदै महाकाव्य प्रकाशन गरेर नेपाली भाषा साहित्यलाई पुराएको योगदान उदाहरणीय रहेको बताए ।

देवरातका समीक्षकद्वय डा. इन्द्रबहादुर भण्डारी र विरेन्द्र शाहीले कवि कार्कीले महाकाव्य मार्फत उठाएका विषयवस्तुहरू महत्त्वपूर्ण रहेको बताउँदै महाकाव्य रहर र लहडले लेखिने कुरा नभएको र देवरात महाकाव्यमा केही कमिकमजोरी रहेपनि कार्कीले लेख्नकै लागि मात्रै महाकाव्य नलेखेको विचार राखे ।

प्राज्ञ हरिप्रसाद तिमिल्सिनाद्वारा मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गरिएको कार्यक्रममा कृतिकार शशिराम कार्की र किरण आचार्यले मन्तव्य राखेको थिए ।

साहित्यकार चरित्रा शाह र भिम प्रज्वलले देवरात महाकाव्यका केही श्लोकहरू वाचन गरेर सुनाएको कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष वलराम यादवले सभापतिको मन्तव्य राख्दै पुस्तकालयले भाषा साहित्यको विकास र सम्बर्द्धनका लागि निरन्तर कोसिस गर्दै आएको बताए ।

कार्यक्रममा वरिष्ठ कथाकार प्राज्ञ सनत रेग्मी, प्राडा जनार्दन आचार्य, सुमित्रा न्यौपान, नवीन अभिलाषी, बि.पि. अस्तु, भिमवहादुर शाही, पङ्कज श्रेष्ठ, लक्ष्मी बस्याल, बालकृष्ण रेग्मी, बद्री ढकाल, हिरामणि’लगायत चारदर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x