साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

ब्रह्मा, विष्णु थिए तथा शिव थिए भूपाल थानेश्वर यत्रो अन्तरको व्यथा, सुन सखे ! विक्षिप्त ज्ञानेश्वर भित्री पाटन ज्ञानका चहकिला उम्दा हराए कता जस्तो हो अति छुद्र सिंहदरबार, उस्तै छ बानेश्वर ।

Nepal Telecom ad

बाबुराम पोखरेल :

१.
भन्थे, सम्म म पार्दथेँ भिरहरू, मान्छे सभासद् हुँदा
हेर्दैनन्, अति व्यस्त, फुर्सद विना ती घोषणाका बुँदा
ऐशाराम बढ्यो जितेपछि खुबै शोभा बडो खान्किको
मोटाएर बस्यो सफा उदरमा बाक्ला भएछन् लुँदा !

२.
ब्रह्मा, विष्णु थिए तथा शिव थिए भूपाल थानेश्वर
यत्रो अन्तरको व्यथा, सुन सखे ! विक्षिप्त ज्ञानेश्वर
भित्री पाटन ज्ञानका चहकिला उम्दा हराए कता
जस्तो हो अति छुद्र सिंहदरबार, उस्तै छ बानेश्वर ।

३.
कस्तो आदत ! भन्दछन् नि अरूले राम्रो मिलाई चुस
मेरो देश पवित्र, सुन्दर छटा खोक्रो बनाई चुस
चुस्नै पर्दछ जिन्दगीभरि भने यौटै छ राम्रो बरू
बानी चुस्न परेछ, मान सुकुटी, जुत्ता भिजाई चुस ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाईजात्रे ठोक्तक

गाईजात्रे ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x