साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रा.डा. चूडामणि बन्धुलाई ‘देवकोटा लुसुन प्रज्ञा पुरस्कार’

प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । रू. ५० पचास हजार नगद राशि र प्रमाणपत्रसहित समर्पण गरिने जानकारी प्रतिष्ठानले दिएको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८० माघ २२ । देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानले वि.सं. २०८० को ‘देवकोटा लुसुन प्रज्ञा पुरस्कार’ वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुलाई समर्पण गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिष्ठानले यसअघि नै कार्यसमितिका उपाध्यक्ष मातृका पोखरेलको संयोजकत्वमा महासचिव सीता शर्मा र कोषाध्यक्ष बाबा बस्नेत सदस्य रहनुभएको एक पुरस्कार छनौट समिति गठन गरेको थियो । पुरस्कार छनौट समितिको सिफारिस बमोजिम प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त पुरस्कार २०८० साल फागुन ७ गते काठमाण्डौँ, अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजना गरिने कार्यक्रममा अर्पण गरिने छ ।

रू. ५० पचास हजार नगद राशि र प्रमाणपत्रसहित समर्पण गरिने जानकारी प्रतिष्ठानले दिएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x