साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानै चिरेकाले

इज्जत यिन्काे भए पाे त जाला भन्ने डर काण्डै काण्ड रच्दै गए बनाउन घर इमान नै बेचेपछि के पाे जाेगाउनु यस्ताले त खल्ति भकाे कात्राे बनाउनु ।

Nepal Telecom ad

सुधा बाँस्कोटा ढकाल :

आफ्नै दूनाे साेझ्याउने भए सत्ताधारी
लुकाउन मात्र खाेज्छन् भ्रष्टाचारका भारी
खानुकाे त सीमा छैन जत्ति पनि खाने
सहयाेग चाहिएमा भरिया नि लाने ।

स्वाभिमानी भए पक्कै दुख्ने थियाे चित्त
निष्ठा धर्म रहँदैन अत्याचार भित्र
जसरी नि बच्न खाेज्ने कुराे चपाएर
अभिनय राम्राे गर्छन् लाज पचाएर ।

इज्जत यिन्काे भए पाे त जाला भन्ने डर
काण्डै काण्ड रच्दै गए बनाउन घर
इमान नै बेचेपछि के पाे जाेगाउनु
यस्ताले त खल्ति भकाे कात्राे बनाउनु ।

मर्नुपर्ने सत्य कुरा बिर्सिएर हेर
कालाेधन थुपार्दैछन् तम्सिएर धेर
जुनैगाेरु आए पनि कानै चिरेकाले
धर्तीलाई बाेझ भयाे यिन्ले पिरेकाले ।

खाऊ खाऊ कति खान्छाै, भर घिचन्थैलाे
कुनै दिन खेलिने छ थाप्लामाथि भैलाे
क्यै गरे नि हन्तकाली पेट भरिँदैन ?
मरेपछि नर्कतिर पनि बास पाइँदैन ।

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिप्लेकिराहरू !

चिप्लेकिराहरू !

सुधा बाँस्कोटा ढकाल
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x