साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिप्लेकिराहरू !

चिप्लेकिराहरू ! ओकल्दै छन् चिप्ला चिप्ला जहरजस्ता आश्वासनहरू बाँड्दैछन् लालच स्वार्थ कत्ति पनि घिन नमानी यत्रतत्र चिप्लँदै यी चिप्लेकिराहरू !!

Nepal Telecom ad

सुधा बाँस्कोटा ढकाल

जतासुकै
सलबलाइरहेका
दिनरात
बिहानसाँझ
हरपल
र्‍याल चुहाएर
घस्रँदै मुन्टँदै
सिङ् हल्लाएर
चिप्लिरहन्छन्
चिप्ले किराहरू !
खेतबारीमा
आँगनपेटीमा
गाउँमा
शहरमा
कार्यालयमा
सडकमा
संसदमा
जताततै

संस्थालाई
चिप्ल्याउँदै छन्
कार्यस्थललाई
धमिल्याउँदै छन्
राष्ट्रलाई
खोक्रो बनाउँदै छन्
निर्लज्ज चिप्लेकिराहरू !
संसदमा
रसिलो चिप्लोको
डङ्गुरमा
लडिबुडी गर्न पल्केका
स्वार्थलाई
मूल सिद्धान्त मानेर
निर्लिप्त
स्वार्थमा डुबेर
सेता सिङ् उचाल्दै
र्‍याल काढेर हिँडिरहेछन्
निष्ठाविहीन
चिप्लेकिराहरू !

घर
गाउँ
शहर
समाज हुँदै
राष्ट्रभरि
सलहको बथानझैँ
सल्केका छन्
नकच्चरा
विषालु
निर्लज्ज
चिप्लेकिराहरू !
ओकल्दै छन्
चिप्ला चिप्ला
जहरजस्ता
आश्वासनहरू बाँड्दैछन्
लालच
स्वार्थ
कत्ति पनि
घिन नमानी
यत्रतत्र
चिप्लँदै
यी चिप्लेकिराहरू !!

०००
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कानै चिरेकाले

कानै चिरेकाले

सुधा बाँस्कोटा ढकाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x