सुलसुलेक्रान्तिद्रष्टा गोकुल जोशीको ९४ औं जयन्ती मनाइयो
कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, गेहेन्द्रेश्वर कोइराला, विश्वबन्धु भण्डारी, प्रदेश सभाका पूर्व सभासद राजीव पहारी, राजेन्द्र पौडेल, लक्ष्मी खनाल, निर्मल सापकोटा, इच्छाबहादुर वाग्ले, त्रिभुवन शर्मा, रामप्रसाद पौडेल लगायतकाे उपस्थिति थियाे ।

झापाकाे कनकाईमा स्थापित कवि जाेशीकाे सालिक
पोखरा, ०८०, जेठ ८ । २०४९ सालमा जनस्तरबाट रकम सङ्कलन गरी स्थापना भएको प्रगतिशील साहित्यिक संस्था ‘गण्डकी साहित्य सङ्गम’, पोखराले क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९४ औं जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।
कार्यक्रममा गोकुल जोशीको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा साहित्यकार एवम् प्रगतिशील बुद्धिजीवीहरू रामराज रेग्मी, रघुनाथ अधिकारी, प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भास्कर’, शेषमणि आचार्य, पीताम्बर नेपाली, झलकपाणि तिवारी, नुमराज बराल, विजया सुवेदी, सुमन खनाल पहारी, नारायण परिश्रमी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, गेहेन्द्रेश्वर कोइराला, विश्वबन्धु भण्डारी, प्रदेश सभाका पूर्व सभासद राजीव पहारी, राजेन्द्र पौडेल, लक्ष्मी खनाल, निर्मल सापकोटा, इच्छाबहादुर वाग्ले, त्रिभुवन शर्मा, रामप्रसाद पौडेल, ऋषिकेश बराल, छवि सुवेदी, लक्ष्मण गौतम, सुनिता खनाल, आनन्दसुन्दर श्रेष्ठ, लक्ष्मण थापा, कल्याण पन्त, प्रकाश खनाल, विक्रम थापा, धनकुमारी श्रेष्ठ, शुभ शर्मा, असफल गौतम, फडिन्द्र अकिञ्चन, गोपालमणि लामिछाने, सुरज उपाध्याय, स्ट्रगल राना, यामबहादुर सुर्खाली, विष्णुप्रसाद बाँस्तोला, चिजकुमार जोशी, बुद्धिसागर घिमिरे, लक्ष्मीप्रसाद पौडेल, सिर्जना पण्डित, रामजी थापा, विष्णु पराजुली, विजय उपाध्याय, छविलाल आचार्य, अमृतराज उपाध्याय, शशी पण्डित, कृष्णमणि भुर्तेल, श्रीकृष्ण अधिकारी, शालिक देवकोटा, दिनेश लिम्बू, लीला के.सी., शिवबहादुर बराल, अपार मरासिनी लगायतका साहित्यकार एवम् अक्षयकोषका संस्थापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ‘सङ्गम सांस्कृतिक मञ्च’का कलाकारहरू काजी गाउँले, विकास लुङ्गेली, ध्रुव रामदाम लगायतले गीतहरू प्रस्तुत गर्नुभएको थियो भने गण्डकी वाङ्मय पुरस्कारद्वारा पूर्व सम्मानित प्रतिभा स्याङ्जाका कवि चिन्तु गिरीले कविता पाठ गर्नुभएको थियो ।
सोही अवसरमा सङ्गमको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’ (कुलप्रसाद खनाल विशेषाङ्क) पूर्णाङ्क – १९ माथि समीक्षक यादवराज उपाध्यायले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा ‘गण्डकी साहित्य सङ्गम’द्वारा प्रत्येक दुई-दुई वर्षमा प्रदान गरिँदै आएको ‘गण्डकी वाङ्मय पुरस्कार’- २०७९ द्वारा लमजुङका स्रष्टा नारायण परिश्रमीलाई सम्मान गरिएको थियो ।
वाम बुद्धिजीवी तथा लेखक झलकपाणि तिवारीले सो अवसरमा संस्थाको अक्षयकोषमा रकम वृद्धि गर्ने उद्देश्यले पछि थप गर्ने चाहना व्यक्त गर्दै हालका लागि पचास हजार रुपैयाँको चेक सङ्गमका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो । संस्थाका उपाध्यक्ष पद्मराज ढकालद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमको अध्यक्षता भीम रानाभाटले र सञ्चालन नारायण मरासिनीले गर्नुभएको थियो ।
१. नेपालको भविष्य, २. एसियाको फूलबारी नेपाल, ३. डा.के.आई.सिंहलाई स्वदेश आउन देउ, ४. नव प्रभात, ५.बाँच र बाँच्न देउ, ६. सिमानाको दीप, र एउटा (दूर्घटना) जस्ता कृतिका लेखक गाेकुल जाेशीकाे देहान्त वि.सं २०१८ आषाढ ४ गते झापाको घैलाडुब्बामा ३१ वर्षको उमेरमा भएकाे थियाे ।
वि.सं १९८७ साल ज्येष्ठ ८ गते तनहुँकाे राइपुरमा जन्मिएका जाेशीकाे स्मृतिमा राइपुरमा प्राथमिक विद्यालय छ भने झापाकाे कनकाईमा कवि जाेशीकाे सालिक स्थापना गरी र गाेकुल जाेशी स्मृति पार्क निर्माण गरिएकाे छ ।
“एसियाको फूलबारी नेपाल” नामक जाेशीकाे कृतिमा महापण्डित राहुल सांकृत्यायनले गोकुलको परिचय यसरी लेखेका छन् : श्री गोकुल जोशी नेपाली भाषाके एक अच्छे कवि तथा नेपालमे बस्नेबाले जातियों की भिन्नभिन्न भाषाओंका लोकगीतों के बडे संग्रह करनेवाले हेँ । अपने सङ्ग्रहके कार्योँ मेँ दुरारोह पहाडोँको फाँदकर बहुत कष्टके साथ काम किया । ऐसै पुरुषके कार्य की पुरी कदर होगी उसका मुझे पुरा विश्वास है । (१७/४/१९९५)
०००
Subscribe
Login
0 Comments
Oldest











































