साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्यो बन्यो बन्यो देश

दस्तुरी खान ज्यादै नै मन हामी पराउँछौँ ठेक्कापट्टा र सम्झौता आफ्नालाई गराउँछौँ ॥ आफ्ना विश्वासका मान्छे समातेर सघाउँछौँ विदेशी बैँक खातामा पैसा राख्न लगाउँछौँ ॥

Nepal Telecom ad

रामशरण न्यौपाने

बन्यो बन्यो बन्यो देश भन्छन् नेता बनाउँछौँ
पदमा जति टाँसिन्छौँ मधुमास मनाउँछौँ ॥१

मियो उठाउछौँ भोलि आज खाल्टो खनाउँछौँ
उपस्थिति जता हामी राजाको झैँ जनाउँछौँ ॥२

भोलि भोलि सधैँ भन्छौँ नरलोक भुलाउँछौँ
चुनावमा दिँदै पैसा कार्यकर्ता डुलाउँछौँ ॥३

भिसा दिई युवा दक्ष परदेश छिराउँछौँ
सारा पद ठुला राम्रा आफ्नालाई दिलाउँछौँ ॥४

चढ्छौँ कानुनको घोडा संविधान लडाउँछौँ
भ्रष्टाचार त आचार भन्दै हामी पढाउँछौँ ॥५

गधा गाई भनी रोजै तालीले गड्गडाउँछौँ
छिर्के लाएर उफ्रेका राष्ट्रवादी लडाउँछौ ॥६

काँडाको बोट रोपेर सुन्तला हो भनाउँछौँ
जनतालाई च्यापेर गोरु हामी बनाउँछौँ ॥७

मिलीजुली यहाँ सत्ता घोडे पालो चलाउँछौँ
काँस झैँ फैलिदै हामी बाँसजस्तै पलाउँछौँ ॥८

देश विदेशका शक्ति हामीमा नै मिलाउँछौँ
सिमाना साँधमा बोल्न मुख हामी सिलाउँछौँ ॥९

चारै अङ्ग मिलेका छौँ डर हामी भगाउँछौँ
एकमा खतरा पर्दा अर्कोले झन् सघाउँछौँ ॥१०

परे आड भरोसा त्यो विदेशीको मगाउँछौँ
रोजै शोषणको आगो यहाँ हामी जगाउँछौँ ॥११

राज्यको स्रोत सम्पत्ति आफ्नामाझ फिँजाउँछौँ
जनतालाई बाँडेर आश्वासन रिझाउँछौँ ॥१२

भन्दछौँ जनतालाई लोक हामी हसाउँछौँ
झुटा भाषणका नारा गोली जस्तै खसाउँछौँ ॥१३

रूघा लागे पनि हामी विदेशतिर धाउँछौँ
विना साधन सेवाका अस्पताल बनाउँछौँ ॥१४

दस्तुरी खान ज्यादै नै मन हामी पराउँछौँ
ठेक्कापट्टा र सम्झौता आफ्नालाई गराउँछौँ ॥१५

आफ्ना विश्वासका मान्छे समातेर सघाउँछौँ
विदेशी बैँक खातामा पैसा राख्न लगाउँछौँ ॥१६

फेर्छौँ कानुनका धारा विधानै पनि फेर्दछौँ
कहाँ हाम्रो मनोइच्छा पुग्छ त्यो सब हेर्दछौँ ॥१७

सधैँ उत्सव औ पर्व दसैँ हामी मनाउँछौँ
बपौती झैँ सधैँ हाम्रो सिंहासन बनाउँछौ ॥१८

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x