सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बन्यो बन्यो बन्यो देश

दस्तुरी खान ज्यादै नै मन हामी पराउँछौँ ठेक्कापट्टा र सम्झौता आफ्नालाई गराउँछौँ ॥ आफ्ना विश्वासका मान्छे समातेर सघाउँछौँ विदेशी बैँक खातामा पैसा राख्न लगाउँछौँ ॥

Nepal Telecom ad

रामशरण न्यौपाने

बन्यो बन्यो बन्यो देश भन्छन् नेता बनाउँछौँ
पदमा जति टाँसिन्छौँ मधुमास मनाउँछौँ ॥१

मियो उठाउछौँ भोलि आज खाल्टो खनाउँछौँ
उपस्थिति जता हामी राजाको झैँ जनाउँछौँ ॥२

भोलि भोलि सधैँ भन्छौँ नरलोक भुलाउँछौँ
चुनावमा दिँदै पैसा कार्यकर्ता डुलाउँछौँ ॥३

भिसा दिई युवा दक्ष परदेश छिराउँछौँ
सारा पद ठुला राम्रा आफ्नालाई दिलाउँछौँ ॥४

चढ्छौँ कानुनको घोडा संविधान लडाउँछौँ
भ्रष्टाचार त आचार भन्दै हामी पढाउँछौँ ॥५

गधा गाई भनी रोजै तालीले गड्गडाउँछौँ
छिर्के लाएर उफ्रेका राष्ट्रवादी लडाउँछौ ॥६

काँडाको बोट रोपेर सुन्तला हो भनाउँछौँ
जनतालाई च्यापेर गोरु हामी बनाउँछौँ ॥७

मिलीजुली यहाँ सत्ता घोडे पालो चलाउँछौँ
काँस झैँ फैलिदै हामी बाँसजस्तै पलाउँछौँ ॥८

देश विदेशका शक्ति हामीमा नै मिलाउँछौँ
सिमाना साँधमा बोल्न मुख हामी सिलाउँछौँ ॥९

चारै अङ्ग मिलेका छौँ डर हामी भगाउँछौँ
एकमा खतरा पर्दा अर्कोले झन् सघाउँछौँ ॥१०

परे आड भरोसा त्यो विदेशीको मगाउँछौँ
रोजै शोषणको आगो यहाँ हामी जगाउँछौँ ॥११

राज्यको स्रोत सम्पत्ति आफ्नामाझ फिँजाउँछौँ
जनतालाई बाँडेर आश्वासन रिझाउँछौँ ॥१२

भन्दछौँ जनतालाई लोक हामी हसाउँछौँ
झुटा भाषणका नारा गोली जस्तै खसाउँछौँ ॥१३

रूघा लागे पनि हामी विदेशतिर धाउँछौँ
विना साधन सेवाका अस्पताल बनाउँछौँ ॥१४

दस्तुरी खान ज्यादै नै मन हामी पराउँछौँ
ठेक्कापट्टा र सम्झौता आफ्नालाई गराउँछौँ ॥१५

आफ्ना विश्वासका मान्छे समातेर सघाउँछौँ
विदेशी बैँक खातामा पैसा राख्न लगाउँछौँ ॥१६

फेर्छौँ कानुनका धारा विधानै पनि फेर्दछौँ
कहाँ हाम्रो मनोइच्छा पुग्छ त्यो सब हेर्दछौँ ॥१७

सधैँ उत्सव औ पर्व दसैँ हामी मनाउँछौँ
बपौती झैँ सधैँ हाम्रो सिंहासन बनाउँछौ ॥१८

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
पिता माता पाल्ने

पिता माता पाल्ने

रामशरण न्याैपाने
विभीषिका र बाध्यता

विभीषिका र बाध्यता

रामशरण न्याैपाने
भाँजो हाल्ने नगर

भाँजो हाल्ने नगर

रामशरण न्याैपाने
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’