साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निल्न दे !

विकास नामकी चरी उडेर व्योम ताक्दछे विनाश नामकी परी सदैव साथ डाक्दछे । अपाच्य खाद्य वस्तुले भरिन्न आँत भो नदे छ भोक द्रव्यको ममा स्वदेश खान्छु निल्न दे ॥

Nepal Telecom ad

उत्तम विचार :

भरिन्न पेट अन्नले म टन्न हुन्नँ भो नदे
न दालभात होस् मिठो पिठो म खान्नँ जो नदे ।
म निल्छु देश स्वादले पचाउने छु पत्थर
भविष्य देख्छु देशको हुँदै छ भ्रष्टको घर ॥१।

अनेक काण्ड छन् यहाँ अनेक छन् विसङ्गति
भएन काण्ड नै भने किमार्थ हुन्न उन्नति ।
म जप्छु मूलमन्त्र यो बनेर भ्रष्ट देशमा
म हिँड्छु साधु सन्तझैँ धरेर गेरु भेषमा ॥२।

म शान मानले उठूँ विशाल बास होस् घर
उ उठ्छु दम्भले अझै निचो हुने छ अम्बर ।
म खान्नँ पाक्य वा त्यसै सलाद खान्नँ भो नदे
सकिन्छ टन्न नोटका बिटा लुकाउँदै तँ दे ॥३।

बसेछ ध्यान स्वर्णमा गएन अन्त के गरूँ
रहेन नाम त्यो भने बनेर भ्रष्ट के मरूँ ?
दिने छ साथ पुत्रले दिएर हात श्रीमती
हिँडौँ अगाडि भन्दछिन् लिएर साथमा पति ॥४।

विकास नामकी चरी उडेर व्योम ताक्दछे
विनाश नामकी परी सदैव साथ डाक्दछे ।
अपाच्य खाद्य वस्तुले भरिन्न आँत भो नदे
छ भोक द्रव्यको ममा स्वदेश खान्छु निल्न दे ॥५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x