सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

निल्न दे !

विकास नामकी चरी उडेर व्योम ताक्दछे विनाश नामकी परी सदैव साथ डाक्दछे । अपाच्य खाद्य वस्तुले भरिन्न आँत भो नदे छ भोक द्रव्यको ममा स्वदेश खान्छु निल्न दे ॥

Nepal Telecom ad

उत्तम विचार :

भरिन्न पेट अन्नले म टन्न हुन्नँ भो नदे
न दालभात होस् मिठो पिठो म खान्नँ जो नदे ।
म निल्छु देश स्वादले पचाउने छु पत्थर
भविष्य देख्छु देशको हुँदै छ भ्रष्टको घर ॥१।

अनेक काण्ड छन् यहाँ अनेक छन् विसङ्गति
भएन काण्ड नै भने किमार्थ हुन्न उन्नति ।
म जप्छु मूलमन्त्र यो बनेर भ्रष्ट देशमा
म हिँड्छु साधु सन्तझैँ धरेर गेरु भेषमा ॥२।

म शान मानले उठूँ विशाल बास होस् घर
उ उठ्छु दम्भले अझै निचो हुने छ अम्बर ।
म खान्नँ पाक्य वा त्यसै सलाद खान्नँ भो नदे
सकिन्छ टन्न नोटका बिटा लुकाउँदै तँ दे ॥३।

बसेछ ध्यान स्वर्णमा गएन अन्त के गरूँ
रहेन नाम त्यो भने बनेर भ्रष्ट के मरूँ ?
दिने छ साथ पुत्रले दिएर हात श्रीमती
हिँडौँ अगाडि भन्दछिन् लिएर साथमा पति ॥४।

विकास नामकी चरी उडेर व्योम ताक्दछे
विनाश नामकी परी सदैव साथ डाक्दछे ।
अपाच्य खाद्य वस्तुले भरिन्न आँत भो नदे
छ भोक द्रव्यको ममा स्वदेश खान्छु निल्न दे ॥५।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख