साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेहरू

नदीनाला वनजङ्गल जे पाए नि खान्छन् । बूढा साँढे अझै पनि हलको मेलो धान्छन् ॥ आफूलाई बहर नै ठान्छन् बूढा साँढे । पाएसम्म कोरली नै छान्छन् बूढा साँढे ॥

Nepal Telecom ad

वासुदेव ठकुरी :

बिना मियो दाइँमा घुम्छन् यो देशका साँढे ।
नीति नियम केही मान्दैनन् यिनले देशै भाँडे ॥
कहिले यता कहिले उता छँटाएका साँढे ।
सिंहदरबार छिरेपछि मोटाएका साँढे ॥

कहिले कुर्सी तान्छन् साँढे कहिले कुर्सी हान्छन् ।
सबैभन्दा शक्तिशाली आफैँलाई ठान्छन् ॥
जुरो हल्लाई डुक्री हिँड्छन् देशभाँडा साँढे ।
ठुटे सिङले अर्कालाई हान्छन् साँढा साँढे ॥

देश उजाड भइसक्यो यिनले सबै फाँडे ।
कहिले नि नअघाउने यी अगस्ति साँढे ॥
धेरै खाई अटेसमटेस भए जुरे साँढे ।
कोही खान नपाएर भए लुरे साँढे ॥

अघि बढ्न खोज्नेलाई सधैँ छिर्के हान्छन् ।
अर्को माथि गयो भने त्यसको खुट्टा तान्छन् ॥
कहिले हिँड्छन् डुक्रिएर गल्ली सडकमा ।
देखाउँछन् गाईजात्रा कहिले सदनमा ॥

नदीनाला वनजङ्गल जे पाए नि खान्छन् ।
बूढा साँढे अझै पनि हलको मेलो धान्छन् ॥
आफूलाई बहर नै ठान्छन् बूढा साँढे ।
पाएसम्म कोरली नै छान्छन् बूढा साँढे ॥

०००
तारकेश्वर- ९, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुला

मुला

वासुदेव ठकुरी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x