सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुला

पहिले ठूला ककनी र चित्लाङका मुला । अहिले ठूला सिँहदरवार बालुवाटारका मुला ॥ कोही मुला टाक्सिएका कोही सप्रेका मुला । सिँहदरवार छिरेपछि हौसिएका मुला ॥

Nepal Telecom ad

वासुदेव ठकुरी :

नेपालको हावापानी सुहाउँदो मुला ।
लेक बेसी जताततै फल्छन् मुलैमुला ॥
डल्ले मुला लाम्चे मुला कोही गान्टे मुला ।
राता मुला सेता मुला कोही पहेँला मुला ॥

कोही गुलिया कोही खल्ला कोही पिरा मुला ।
यता मुला उता मुला जताततै मुला ॥
कोही साना कोही ठूला कोही मझौला मुला ।
यो देशका ठूलावडा भन्ने सबै मुला ॥

डाक्टर मुला वकिल मुला नेता सबै मुला ।
अनुहार बेग्लै यिनका एउटै ड्याङका मुला ॥
यो देशमा सबै जना कुरा गर्ने ठूला ।
काम गर्ने बेला भयो यिनका खुट्टी लुला ॥

पहिले ठूला ककनी र चित्लाङका मुला ।
अहिले ठूला सिँहदरवार बालुवाटारका मुला ॥
कोही मुला टाक्सिएका कोही सप्रेका मुला ।
सिँहदरवार छिरेपछि हौसिएका मुला ॥

मुलैमुला मिलेर देश खाए।
सोझासिधा जनताले के पाए ??

०००
नुवाकोट, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साँढेहरू

साँढेहरू

वासुदेव ठकुरी
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली