साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुला

पहिले ठूला ककनी र चित्लाङका मुला । अहिले ठूला सिँहदरवार बालुवाटारका मुला ॥ कोही मुला टाक्सिएका कोही सप्रेका मुला । सिँहदरवार छिरेपछि हौसिएका मुला ॥

Nepal Telecom ad

वासुदेव ठकुरी :

नेपालको हावापानी सुहाउँदो मुला ।
लेक बेसी जताततै फल्छन् मुलैमुला ॥
डल्ले मुला लाम्चे मुला कोही गान्टे मुला ।
राता मुला सेता मुला कोही पहेँला मुला ॥

कोही गुलिया कोही खल्ला कोही पिरा मुला ।
यता मुला उता मुला जताततै मुला ॥
कोही साना कोही ठूला कोही मझौला मुला ।
यो देशका ठूलावडा भन्ने सबै मुला ॥

डाक्टर मुला वकिल मुला नेता सबै मुला ।
अनुहार बेग्लै यिनका एउटै ड्याङका मुला ॥
यो देशमा सबै जना कुरा गर्ने ठूला ।
काम गर्ने बेला भयो यिनका खुट्टी लुला ॥

पहिले ठूला ककनी र चित्लाङका मुला ।
अहिले ठूला सिँहदरवार बालुवाटारका मुला ॥
कोही मुला टाक्सिएका कोही सप्रेका मुला ।
सिँहदरवार छिरेपछि हौसिएका मुला ॥

मुलैमुला मिलेर देश खाए।
सोझासिधा जनताले के पाए ??

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेहरू

साँढेहरू

वासुदेव ठकुरी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x