साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्किस् कि थच्चिस् !

वास्तवमा, धेरै कुरा भन्दा यहाँ एउटा नवीन परिणतिको खाँचो छ । यी पेट्रोल उडून्, नवीनताका लागि । फोनमा नम्बर घुमून्, नवीन परिणतिका लागि । अखबारका लहर भरियून्, नयाँ सन्देश बोकेर । प्रत्येकले आफूलाई देशको एउटा सहभागी ठानोस् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

पहरासँग कुम जोड्न हुँदैन !

थोते दाँत भएका, चाउरे गाला भएका, चिम्रे र कचेरे आँखा भएका, सेतै फुलेका बुढा भनेर बुढालाई हेप्नु नहुने रहेछ भन्ठान्छ गफडी, किनभने तिनले अनुभवले कथेका कुरा, भनेका उखान परिपक्व पाका हुँदारहेछन् र नै तिनलाई बुढापाका भन्दारान् हाम्रा सबै मान्छे । जमिन्दारी प्रथा उखेलियो, ‘चाख्लान् यी !’ भनेर कतिले औँलो ठड्याए । भरे जम्मै ती के-के प्रधान भए भए ! दिन पनि गइरहन्छन् र फेरि जानेकै दिन फिर्छन् । पहरा बज्र छन्, तर पहरामुनिका माटा पानीले बगाउँछन्, ठुला-बडा पहरा हुन्, अरु पानीले बगाउने माटा हुन् । आफ्ना हातमा नाना प्रकारका अधिकार भएका, ती मान्छेहरू पहरा हुन्, उनीहरूसँग माटा मुलाको केही लाग्दैन । गफडी किन निराश भयो भन्ने प्रश्न होला तर यो निराशा नभएर कटु यथार्थ मात्र हो । पहराको अस्तित्वको वलियो रूपको मात्र स्वीकृति हो ।

यहाँ यस्तै हुन्छ !

यहाँ सुध्रिन्छौँ भन्ने उध्रिन्छन्- र पनि भन्न छाड्दैनन्- सुधिन्छौँ । यहाँ उदार हौँ भन्ने कट्टर र कट्टरका पुच्छर छन्, र पनि फलाका नउर्लिछाड्दैनन् । यहाँ भाँडभैलो गर्नेहरू नै भाँडभैलोको आशङ्का मच्चाउँछन् । यहाँ भ्रष्ट, शोषक मौका परे देश त के स्वास्नी र आफू पनि बेच्ने नै देशभक्त भनी स्वाङ गर्छन् । यहाँ आफ्ना स्वार्थका लागि गरिबका श्रम लुट्ने, कालाबजारिया र भ्रष्टाचार गर्नेले के गर्दैनन् ? यहाँ चाकरीबाज बाङ्गोलाई पनि सोझो भन्छन्, अन्यायलाई न्याय भन्छन्, गुप्तचरलाई समाजसेवी भन्छन् र समाजसेवीलाई समाजका लागि बेकम्मा जन्तु ठान्छन् । यहाँ चाकरी प्यारो छ, चुक्ली प्यारो छ, खुसामद प्यारो छ- यहाँ निमाणर् होइन, न्याय होइन, यथार्थ होइन, सबमा ढ्वाङ, आडम्बर र अधोगति हुने परिपाटी प्यारो छ- यस्तै उल्टा-पाल्टा कामतर्फ नै सक्रियता र जाँगर छ । यस्तै काममा टेलिफोन चल्छन्, यस्तै काममा पेट्रोल फुक्छन्, सिरिफ तथाकथित मान चाहिएको छ, इज्जत चाहिएको छ, उडाउन धन चाहिएको छ, गुडाउन कार चाहिएको छ, बस्न बिल्डिङ्ग चाहिएको छ, छाती सुकाउन रक्सी चाहिएको छ- सिरिफ चाहिएको छ- यसका लागि हरियो वन सकिए सकियोस्, देशको धन सकिए सकियोस् !

यसपालि

एउटा ग्वाँगोले एक दिन गफडीसँग एउटा भविष्यवाणी गर्‍यो । उसका अनुसार ‘यस पालि ब्रह्मलुट गर्ने कैयौँको दाउ छ । आघौँ इनदिन यहाँ मुद्रा स्फीतिको भरमार हुन्छ, महँगी खुप बढ्छ र पैसाको मूल्य सारै घट्छ ।’ ग्वाँगाको कुरा नपत्याए पनि सिमेन्टीको ब्ल्याक दर प्रतिवोरा ९० छ र एकवोरामा यतिविघ्न नाफा खाने-ख्वाउनेको यहाँ खुब चल्ती छ । यस्तै यस्ता कार्य गर्ने गराउने, यस्ता काममा सही ठ्याँस्ने, ठिक हजुर ! भन्नेको यहाँ रजगज सुन्नुपरेको छ । कहिलेकाहीँ गफडी पायरिया पीडित, ब्लडप्रेसरे लम्फूहरूका नाना ढ्वाङ हेर्नुपर्दा मुर्छा पर्छ र मनमनै भन्छ- सत्य एक दिन त घाम जस्तै भएर झुल्किएला नि । परन्तु यहाँ सत्यको अस्त भए जस्तो छ र अज्ञानको मोहले ज्ञानचक्षुलाई उघ्रन नदिने, पुरा छाँट छ । यसपालिको कथा यस्तै छ हजुर हो !

पातमा पात ! बातमा बात !

आखिर ग्रहदशा लागेर मान्छेका दिन बिग्रन्छन् रे ! धेरै जना बिग्रने कुरा पनि यिनै ग्रहदशाको कारणै हो क्यारे ! गफडी यी कुरा मान्दैन, तर पनि भन्दैछ- पातमा पात भएझैँ बातमा बात हुँदा । गफडीलाई पनि एउटा गँजडीले एक दिन भन्यो ‘हेर् गफडी, धेरै चम्किस् कि अनि थच्चिस् ! गफडी त्यस्ता कुरा सुनेर हाँस्छ । हो, गफडी मान्छ- यहाँ पहरासँग कुम जोर्न कसैको पिताम चल्दैन, अनि गफडीलाई पहराँग कुम जोरी-जोरी हिँड्नु पनि छैन । यति भएर पनि गँजडी भन्छ- ‘चम्किस् कि थच्चिस् !’ के मानव अधिकारको महत्व गफडी बुझ्दैन ? के माताको गर्भमै पनि मर्न सक्ने मान्छे, सत्य कुरा नगरी मर्न सक्छ ? सत्य घाम हो, असत्य अँध्यारो । अँध्याराका विरुद्ध उज्यालाले सङ्घर्ष नगरी हुन्छ ? तसर्थ आफ्नो मुक्तिका लागि सङ्घर्ष गर्न म र मेरो साथी जस्ता लाटा हो ! तयार होऊ ! हे मेरा साथी गँजडी मित्रहरू ! जुरुक्क उठ है- गफडी भन्छ । गफडी जे-जस्तो भए पनि जिउँदै मर्न वेश मान्दैन, पटक्क वेश मान्दैन र मरेर बाँच्नु मात्र वेश भन्छ । वास्तवमा, धेरै कुरा भन्दा यहाँ एउटा नवीन परिणतिको खाँचो छ । यी पेट्रोल उडून्, नवीनताका लागि । फोनमा नम्बर घुमून्, नवीन परिणतिका लागि । अखबारका लहर भरियून्, नयाँ सन्देश बोकेर । प्रत्येकले आफूलाई देशको एउटा सहभागी ठानोस् । अरे ! यी दर्शनका फलाका होइनन् हजुर ! प्रत्येक नेपालीले आज अवश्य सोच्ने कुरा हुन् ! लौ त जय नेपाल है आजलाई ! आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ४२, २०३६, साउन ३०
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
0
Would love your thoughts, please comment.x
()
x