साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषा विदेशी हुल्यौँ

हाम्रा मौलिक खाद्यवस्तु नरुची खायौँ पिजा बर्गर फेन्टा कोक र चाउचाउ निलियो रोगी बनायौँ हर । ह्वाङ्गै अङ्ग हुने किनिन्छ कपडा ढाक्तैन हाम्रो तन चोलो वा फरिया घलेक पटुकी लाइन्न भन्छन् किन ॥

Nepal Telecom ad

हृषीकेश बराल :

बिर्स्याैँ पुज्न सजीव देव घरमा निर्जीवलाई पुजी
थाल्यौँ गर्न घृणा पिता र जननी घाँडो भएझैं बुझी ।
हेर्दैनौँ जिउँदा छँदातक तिनी मर्दा दियौँ पायस
मान्छौँ संस्कृति बाहिरी मुलुकको आफ्ना भुल्यौँ सायद ॥१

आफ्नै काम गरेर आय नगरी दौड्यौँ पराई घर
बाँझो खेत बनाउँदै श्रमिकको ज्याला लिँदैछौँ पर ।
अर्काका सहयोगले जति बने उद्योग धन्दाहरू
सारा बन्द गर्‍यौँ धपाउन युवा फाल्यौँ सबै आबरू ॥२

भाषा भेष रिवाज धर्म भुलियो पाश्चात्य भित्र्याइयो
बत्ती निभ्दछ जन्म उत्सव हुँदा नौलो प्रथा ल्याइयो ।
ड्याडी हुन्छ पिता ममी छ जननी बाबा र आमा भुल्यौँ
काका भन्न सकिन्न अङ्कल भन्यौँ भाषा विदेशी हुल्यौँ ॥३

केही लेखकका अशुद्ध पद छन् उस्तै छ उच्चारण
देखिन्छन् कविता प्रबुद्ध कविका बन्दै गए चारण ।
केही मात्र बुझिन्छ भाषण गरे मन्त्री तथा साँसद
अङ्ग्रेजी पद बोल्दछन् नबुझिने कस्तो बस्यो आदत ॥४

हाम्रो खर्च घट्यो पुँजीगत भनी गर्छन् कुनै भाषण
आम्दानी अभिवृद्धि गर्न भनियो चाहिन्छ विप्रेषण ।
हाम्रो राष्ट्रिय आय बढ्छ कसरी सोच्ने मर्‍यो जाँगर
पक्रेको सुन जोखियो सय किलो भन्सारकै बाहिर ॥५

चिन्ता मात्र गरी सकिन्न नगरी यो देश चम्काउन
बोल्नेले जति सक्तछौँ भनिरहौँ संकष्ट मिल्काउन ।
पुर्खाको बलिदानका रगतले नेपाल हाम्रो बन्यो
वैरी टिक्न सकेन माथ निहुरी हारेँ उसैले भन्यो ॥६

हाम्रा मौलिक खाद्यवस्तु नरुची खायौँ पिजा बर्गर
फेन्टा कोक र चाउचाउ निलियो रोगी बनायौँ हर ।
ह्वाङ्गै अङ्ग हुने किनिन्छ कपडा ढाक्तैन हाम्रो तन
चोलो वा फरिया घलेक पटुकी लाइन्न भन्छन् किन ॥७

०००
पोखरा -२६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x