सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दाबी गर्छ

पाप पनि कसैको त पुण्य हुन्छ कि हँ ? साक्षी राख्न बनाएको चार-धाम दाबी गर्छ ॥

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

रावण पनि अचेल आफू राम भनी दाबी गर्छ
तारा पनि अचेल अहो घाम भनी दाबी गर्छ ॥

उसले लुट्यो आफ्ना पोस्यो कमजोरीलाई मार्‍यो।
पसिनाले कमाएको दाम भनी दाबी गर्छ ॥

धनीहरू अझै धनी गरीब माग्ने बनिसके
ठूला ठूला ठूला गरेँ काम भनी दाबी गर्छ ॥

पढेका छन् बेरोजगार चारणहरू धनी
गरिखाने बनाएँ यो ठाम भनी दाबी गर्छ ॥

ऋणैमाथि उँभिएका घर अनि कुद्ने गाडी
देखाएर बनाएँ यो गाम भनी दाबी गर्छ ॥

पाप पनि कसैको त पुण्य हुन्छ कि हँ ?
साक्षी राख्न बनाएको चार-धाम दाबी गर्छ ॥

डिल्लीप्रसाद सधैँभरि सत्य बोल्दै बाँच्छ
सर्वोच्च नै दिएको छु दाम भनी दाबी गर्छ ॥

०००
सिक्किम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
के युवा ?

के युवा ?

रेहित सैजु
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले